ललितपुरको उकी

ललितपुरको उकी

भोलिपल्ट साइकल चढेर सुन्दरताको सहर पाटन अर्थात् ललितपुर गयौंं । छ महिनाको यात्रापछि एउटा ‘जादुमयी’, ‘स्वच्छ’, र ‘अलग’ ठाउँ पाउने आशा मनमा प्रबल थियो । तर ससाना साँघुरा गल्लीहरूमा कुखुरा र कुकुरले गरेका दिसाका थुप्राबीच बाटो बनाउँदै हिँड्यौं । विस्तारै हामीलाई थाहा भयो कि हाम्रा अपेक्षाहरू एकपल्ट फेरि वास्तविकतासँग टकराएर चर्कने स्थितिमा छन् । पाटन चर्केका मोहडा भएका घरहरूको एउटा खुल्ला प्रान्तीय पुरानो बजार थियो । जसको प्राचीन सुन्दरता हिमालीे गरिबीको दुर्गन्धित तहहरूमुनि थिचिएको थियो ।

आआफ्ना साइकलबाट खानेकुरा बेच्ने स्टलहरू नजिकैको सानो चोकमा ओल्र्यौं । बजार घुम्न जान भाडाका साइकल राख्ने ठाउँ खोज्यौं । काठमाडौंमा साइकलपसले साहुजीले ‘प्रायः नेपाली हिँड्न मन पराउँदैनन् भन्ने कुरा नबिर्सनू’ भन्ने चेतावनी दिएका थिए । ‘अब के गर्ने ?’ भन्ने दोधारमा बसिरहेका बेला चलाख ठिटो लजाउँदै खालीखुट्टाले साथीबाट अलग्गिएर हामीतिर आयो । उसको सिँगाने नाकलाई एउटा हातेरुमालको आवश्यकता थियो । एकातिर ढल्केको उसको गोलो तर रङ खुइलेको टोपीले उसलाई अलि छट्टु केटोजस्तोे भान गराउँथ्यो । जब हामी नजिकै पुग्यौं, तब उसले सुमधुर मुस्कान दिँदै हाम्रो स्वागत गर्‍यो ।

‘गर्र, गर्र’, उसले भन्यो र हतारिँदै थप्यो, ‘ग, ग, गर्र, बर्र, इक, इक, बर्र ।’ हाम्रो अलमल्ल परेको अनुहार देखेर उसले अर्को एउटा पाइला अघि सार्‍यो, ‘गर्र, बर्र, इक, बबबगगगररर !’ त्यो जुनसुकै बोली भए पनि कम्तीमा आधा दर्जन भाषाको मिश्रणजस्तोे सुनिन्थ्यो । पक्कै पनि त्यो केटाले हामीलाई केही भन्न खोजिरहेको थियो । साइकलको ह्यान्डल समाउँदै उसले साइकल मदेखि पर तान्न थाल्यो । भवननजिकै रहेको पर्खालतिर ऊ लम्क्यो र पर्खाललाई हातले थप्थपाउन थाल्यो ।

‘गर्र, बर्र, इक, गर्र’, उसले जिद्दी गर्‍यो । अवश्य पनि केटाले हाम्रो समस्या बुझिसकेको थियो । सल्लाह दिन अघिसरेको थियो । साइकल पर्खालमा अडेस लगाएर राख्दा सुरक्षित हुन्छ भन्ने कुरो उसको अनुहारको हाउभाउबाट देखिन्थ्यो । अरू कुनै उपाय नहुँदा हामीले पनि त्यसै गर्‍यौं । म पुरानो ढाँचाको सिक्रीले साइकल बाँध्न तल निहुरिएको मात्र के थिएँ, एक्कासि उसको अनुहार मेरो खुट्टाबीच देखापर्‍यो ।

‘गर्र, गर्र’ ऊ भुत्भुतायो र मेरो सुरुवाल तान्यो । मेरो हातको साँचो खोस्यो र खिया लागेको ताल्चा मार्न थाल्यो । त्यसपछि ऊ मेरी श्रीमतीको साइकलमाथि पनि जाइलाग्यो । यो पालि अलि बढी समय लागे पनि आफूले सुरु गरेको काम पूरा गरेर नै छाड्ने अठोटमा ऊ थियो ।

‘इक, इक, गर्र, गर्र’ गर्दै उकीले मेरो कानमा बड्बडायो । अनि जोडजोडले हाँस्न थाल्यो । अनौठो यो संसार हाम्रो वरिपरि एउटा जादुमयी चर्खाजस्तै घुम्यो । संसारभरिको सबैभन्दा हर्षित बच्चा ऊ नै देखिन्थ्यो ।

‘गर्र, बर्र’ ऊ आफ्नो पौरखमाथि बड्बडायो । उसको हातमा रहेको साँचो लिन मैले हात लम्काएँ तर विरोधको टाउको हल्लाउँदै उसले आफ्नो ढाड पछाडि साँचो लुकायो । हतारहतार मतिर लम्क्यो । बडो सिपालु पाराले मेरो सुरुवालको खल्तीमा माथिबाटै फ्वात्त साँचो खसाल्यो । अन्त्यमा, पाइला पछिल्तिर सार्‍यो । पालैपालो हामीलाई नियाल्दै ऊ अनुमतिको पर्खाइमा उभियो ।

मुसुक्क हाँसें र उसको चिउँडोमुनि औंलाले सुम्सुमाएँ । पहिले त उसले सुन्नेगरी राहतको सास फेर्‍यो । खुसी र हाँसोकोे त्यो गद्गदी जुन कम्तीमा पनि हावाको आधा दर्जन वेगसंँगै बहिरहेको थियो । ‘तिम्रो नाम के हो ?’ ऊ शान्त भएपछि सोधें । उसले केही प्रतिक्रिया जनाएन । ऊ त्यहाँ के हुँदैछ भन्ने पत्तो लगाउन हुर्रिदै आएका साथीलार्र्ई हामीसँग चिनाउन व्यस्त थियो । प्रश्न दोहोर्‍याएँ, तर कुनै प्रतिक्रिया आएन । मेरी श्रीमतीलाई लाग्यो कि त्यो केटो बोल्न समस्या भएको हुनसक्छ ।

विस्तारै ओठहरू चलाउँदै सोधे, ‘तिम्रो नाम के हो ?’ उसका आँखाहरू धमिलियो । उसले मलाई बुझ्न सकेन र मलाई रिझाउन पनि सक्दैन भन्ने कुराले ऊ झन् आत्तियो । ऊ आफ्ना साथीतिर फक्र्यो तर तिनीहरू पनि उही अवस्थामा थिए । एउटा चलाख ठिटीले अकस्मात् बुझी । ‘उकी’ ऊ चिच्याई आफ्नो सानो सिंँगाने नाक भएको साथीलाई देखाउँदै ।

बल्ल ठिटोले राहतको सास फेर्‍यो र हर्षले गड्गडायो, ‘गर्र, गर्र, इक, इक !’ एक्कासि झ्वाट्टै मेरो हात तान्यो र चोकपारि लग्यो । हामीलाई दृष्यहरू देखाउने सुरमा ऊ थियो । ऊ ज्यादै उत्सुक भयो र हावामा ती ससाना औंलाहरूले पेगोडा, काठमा कुँदिएका बुट्टाहरू र मूर्तिहरूको चित्र कोर्न थाल्यो । बुर्लुक बुर्लुक खरायोजस्तै उफ्रँदै छेउको घुमाउरो गल्ली हुँदै मुख्य चोकमा पुर्‍यायो । सोचेको र देखेको भन्दा ज्यादै सुन्दर र भव्य मन्दिरहरू चोकमा थिए । दृष्यहरू जीवन्त भएर उभिए ।

‘गर्र, गर्र, इक, इक’, अचानक भावुक अनि गर्वका साथ अस्पष्ट भाषामा गड्गडाउँदै, हिँड्दै, देखाउँदै ठिटाले ती दृष्य देखाउन र बुझाउन थाल्यो । मानौं यो सम्पूर्ण सुन्दरताको स्वामी ऊ नै थियो र यी सम्पूर्ण दृष्य सौगातका रूपमा पस्कँदै थियो । उसलाई पछ्याउँदै एक भवनबाट अर्को भवन हँुदै चोकको डिलैडिल हिँड्यौं । बीचबीचमा रोक्दै आकर्षक गुम्बा, खम्बा र काष्ठकलाप्रति ऊ हाम्रो ध्यानाकर्षण गराउँथ्यो । आफ्नो यो नौलो भूमिकामा गर्व गर्दै अत्याधिक खुसीले ऊ गडगडायो ।

हामीले कतै झर्काे त मानेका छैनौं भन्ने कुराले बेलाबेलामा चिन्तित हुन्थ्यो । त्यसैले बेलाबेला सुटक्क हाम्रो अनुहार नियाल्थ्यो । हाम्रो अनुहारमा निराशाको झल्कोमात्र देखे पनि ऊ आफ्नो निधारमा हातका औंलाहरूले हान्न थाल्थ्यो । तुरुन्तै छेउको कुनामा रहेको मूर्तिकलाका नमुनाहरूप्रति ध्यानाकर्षण गराइहाल्थ्यो । भत्केको पर्खाल या झ्याल नै किन नहोस्, उसलाई खुसी पार्न जे देखाए पनि हामी प्रशंसाको भाव देखाउँथ्यौं ।
विस्तारै पत्तो पायौं कि उकीको सौहाद्र्रता पूर्णरूपमा निःस्वार्थ थिएन । गाइड टुरको अन्त्यमा एक दुई रुपैयाँ पाउने आशामा ऊ थियो । एउटा आधा बाहुला भएको कमिज, पुरानोे थोत्रो सुरुवाल लगाएको ऊ कन्जुसभन्दा कन्जुस पर्यटकको पनि सहानुभूति पाउन सक्थ्यो । हामी एकल सिपाहीले पहरा दिइरहेको राजकीय स्नानगृह चोकभित्र छिर्‍यौं । उकी र पहरेदार साथी थिए ।

‘गर्र, वर्र’ केटाले भन्यो । उकी एकछिन सिपाही अगाडि उभियो र चिन्तित मुद्रामा सलामी ठोक्यो । सिपाही हेर्दा केटाभन्दा केही वर्ष जेठो देखिन्थ्यो । उसले मुसुक्क मुस्कुराउँदै सलामी फर्कायो । स्नानगृहको संक्षिप्त भ्रमणपछि एकैछिन आराम गर्‍यौं । प्रवेशद्वार नजिकैको खाली पेटीमा बस्यौं । केही बेरअघि श्रीमतीले केरा किनेर ल्याएकी थिइन् र उकीलाई पनि खान आग्रह गरिन् ।

केटो अक्मकियो । केरा खान दिएको हो कि होइन उसले बुझेन । ऊ हाँस्यो, गम्भीर भयो । पुनः हाँस्यो । ‘गर्र, बर्र, बर्र’ अन्त्यमा विस्तारै उसले हाम्रो इसारा बुझ्यो र एक कोसो केरा तान्यो । उसले केरालाई सुरुवालको इँजारघरमा घुसायो । क्षमा भावको मुस्कानमा केरापछि खान राखेको कुरो व्यक्त गर्‍यो । त्यो मनोभावलाई श्रीमतीले बुझेर तुरुन्तै अर्को एक कोसो केरा उसलाई दिइन् । पहिले त त्यो केरालाई पनि पछाडि तुनामा झुन्डाउन खोज्दै थियो । मन परिवर्तन गर्‍यो र केरालाई ओल्टाइपल्टाइ हातैमा खेलाउन थाल्यो । मानौं, ऊ केरालाई खाऊँ कि नखाऊँ भन्ने दोधारमा थियो । अथवा हामीलाई यस्तो लागेको हो ।
सायद श्रीमतीले मनसायलाई बुझी । हातबाट केरा खोसेर बोक्रा छोडाई दुई टुक्रामा भाँचिदिई । अनि ती दुवै टुक्रा केरालाई उसको हातमा राखी दिई । अब ऊसँग अरू कुनै विकल्प थिएन । दुवै हातमा एकएक टुक्रा केरा समाउँदै उन्मुक्त खुसीले ऊ केरा खान थाल्यो ।

नचाहँदा नचाहँदै पनि दुवै टुक्रा केरालाई पालैपालो टोक्दै खान थाल्यो ऊ । सकिएपछि हातका औंलाहरू चाट्दै हर्षित क्षणकोे आनन्द लियो । त्यसपछि उसले इँजारघरमा घुसारेको केरा तान्यो । अलौकिक मुस्कानसंँगै ध्यानमग्न भयो । अन्त्यमा केरालाई पुनः उही ठाउँमा घुसार्दै उसले घोषणा गर्‍यो, ‘गर्र, गर्र, वर्र, इक, इक, वर्र ।’ यसको अर्थ सायद हामीले भविष्यको पनि विचार गर्नुपर्छ भन्ने थियो ।
जब हामी हिँड्न उठ्यौं, केरा उसको सुरुवालको भित्री भागबाट तिघ्रामा ठोकिँदै भुइँमा झर्‍यो । हामीले हाँसो रोक्नै सकेनौं । केही क्षणको अप्ठ्यारोपछि केटो हामीसंँगै हिँड्यो । यो हर्षित अवसरमा आफूले भाग लिने मौका पाएकोमा आफूलाई भाग्यशाली मान्दै अत्यन्तै खुसीले हाँस्यो ।

साइकल चढेर मङ्की टेम्पल गयौं । उकीलाई मन्दिरको सुनौलो गुम्बा यति धेरै मन पर्‍यो कि दस मिनेटसम्म हेरेको हेर्‍यै गर्‍यो । बाँदरहरू देखेर ऊ अत्यन्तै खुसी भयो । तर जब तीमध्ये एउटा बाँदर आफ्नो समूहबाट छुट्टिएर ऊतिर आयो । उकी आत्तिँदै चिच्चायो र हत्त न पत्त मलाई छाँद हाल्यो । स्वयम्भूको उकालोमुन्तिर साइकलहरू राखेका थियौं, त्यहाँ पुगेपछि मात्र बल्ल उसले हँसिलो अनुहार बनायो ।

केरा टिप्दै ऊ सिपाहीतिर फक्र्याे । ‘गर्र, गर्र, इक ?’ उसले चोकपारि औंल्याउँदैै सिपाहीसँग सोध्यो । सिपाहीले टाउको हल्लाएर अनुमति दिनेबित्तिकै उकी चोकपारि दौड्यो । एउटा काठको टुक्रामुनि केरा लुकायो । त्यसपछि हतारहतार आयो, हात तान्दै हामीलाई प्र्रस्थान दिशातिर लग्यो । अचानक सिपाहीले मौनता भंग गर्‍योे । ‘आमाबुवा छैन’, उसले भन्यो, ‘घर आगोले खायो, उहाँहरू त्यसैमा पर्नुभयो उकीको एक भाइ र दुइटी बहिनी छन् ।’

‘ऊ कहाँ बस्छ ?’ श्रीमतीले सोधी । ‘जहाँ पनि’ सिपाहीले जवाफ दियो । ‘कहिलेकाहिँ धेरै जाडो भएन भने उसले यतै रात बिताउँछ । ऊ मन्दिरहरूमा, बजारमा र सडकका पेटीहरूमा सुत्छ ।’
पुनः दृष्य हेर्नतिरै लाग्यौं । विस्तारै थाहा पायौंैं कि हामीले हेर्न सक्ने अधिकांश कुरा हेरिसकेका रहेछौं । केटाको उत्सुकता पनि हराउन थालिसकेको थियो । ऊ थकित र निन्याउरो देखिन थाल्यो । आफ्नो पारिश्रमिकको प्रतीक्षामा थियो ऊ । ताकि ऊ साथीतिर फर्कन सकोस् । उसलाई दस रुपैयाँको नोट दियौं । उसको अनुहारको रङ उड्यो । उसको सम्पूर्ण जिउ नै काम्न थाल्यो । उसले नोटलाई देखाउँदै अचम्म मानेर सोध्यो, ‘गर्र, वर्र, इक ?’

‘हो’ टाउको हल्लाउँदै भन्यौं, ‘नोट तिम्रै हो ।’ उसलाई अझै विश्वास लागिरहेको थिएन । ‘हो, तिम्रै हो । राखे हुन्छ’ विश्वास दिलाउन खोजिरहेका थियौं । अर्को दस रुपैयाँ दियौं । ‘गर्र, वर्र, गर्र, ?’ उसले दोहोर्‍यायो । अब ऊ झन् दोधारमा पर्‍यो ।
‘हो । दुवै नोट तिम्रै होे, राखे हुन्छ ।’ हर्ष र कृतज्ञताको मिश्रणले उसको अनुहार प्रफुल्लित भयो । ऊ दुवै हातमा एक एकवटा नोट उचाल्दै चोकभरि नाच्दै हिँड्यो । उसका चकित साथीहरूलाई आफ्नो पदक देखायो । तिनीहरू उसको वरिवरि घुम्दै, बाटोभरि नाच्दै र गर्वका साथ चिच्याउँदै सुनाउन थाल्यो । ती सबैलाई जो सुन्न चाहन्थे कि उकीले आज कति आर्जन गर्‍यो ? उसले सुनायो । मान्छेहरूले मुस्कुराउँदै भाग्यशाली केटाको टाउकामा सुम्सुमाए । टोपी खस्छ कि भन्ने डरले ऊ टोपीलाई पटकपटक मिलाउँथ्यो ।

चुपचाप साइकलमा चढ्यौं र त्यहाँबाट हिँड्यौं । सहरदेखि एक किलोमिटर पर रहेको ठाडै ओरालो पुग्यौं । आधा बाटामा पुग्दा सास फुल्यो । साइकलबाट ओल्यौंं । दस मिनेटपछि पहाडको टुप्पामा चढ््यौं र अन्तिमपटक बिदाइ दृष्टिले पाटनलाई हेर्‍यौं ।

हाम्रा केही पाइला पछाडि सडकको बीचमा थकित आत्मग्लानि र विरोधले रातोपिरो भएको सानो त्यो बोल्न नसक्ने केटो उभिरहेको थियो । उसको अपत्यारिलो व्यवहारदेखि हामी खुसी हुन्छौं या रिसाउँछौं ? प्रतिक्रियाका लागि पालैपालो हामीलाई हेर्दै उभिरह्यो ।

‘गर्र, गर्र, ग, ग, इक, गर्र’, उसले बुझाउने प्रयास गर्‍यो । उसको आँखाको प्रार्थनापूर्ण हेराइ विस्तारै उदासीनतामा बदलियो । ऊ थकित भइसकेको थियो । पसिनाले भिजेका उसको घुर्मैलो कपाल टोपीमुनिबाट बाहिर निस्केको थियो । जाने र बुझेसम्मका सबै इसारामा सम्झाई पुनः पाटन फर्काउने प्रयास गर्‍यौं । काठमाडौं धेरै ठूलो सहर छ, ऊ त्यहाँ हराउन सक्छ । हामी भारत जाँदैछौं । उसको हेरविचार गर्न सक्दैनौं भनेर उसलाई सम्झायौं । तर उसलाई लाग्यो कि हामी उसलाई पन्छाउँदै छौं ।

एक्कासि उसको अनुहार उज्यालो भयो । मानौं उसले केही सम्झ्यो र ऊ मतिर कुद्यो । टोपी फुकाल्यो र त्यसलाई डस्टर बनाएर मेरो जुत्ता सफा गर्न थाल्यो । त्यसपछि उसले श्रीमतीको अगाडि बसेर उनको चप्पल पुछ्न थाल्यो । अन्त्यमा, आफ्नो टोपी उल्टायो र साइकलको क्रोमलाई पुछ्न थाल्यो ।
‘सरी’ हामीले भन्यौं, ‘तिमीले फर्केर जानैैपर्छ ।’ बुर्लुक्क उफ्रेर साइकल चढ्यौं र हिँड्यौं । पछ्याउँदै आइरहेका ती ससाना खुट्टाका अथक पदचापले हाम्रो मुटुलाई नै पल्टाइदियो । यस्तो पनि हुनसक्छ भन्ने कुरो ठिटालाई पक्कै पनि पहिले नै थाहा थियो ।

ऊ हामीसम्म नआइपुगुन्जेल त्यहीँ पर्खिबस्यौं । ऊ आइपुगुन्जेल यति धेरै थकित भइसकेको थियो कि उसका खुट्टाहरूमा उभिने तागत नै बाँकी थिएन । ऊ रुख ढलेझैं धुलैधुलोले युक्त जमिनमा ढल्योे । उसमा रत्तिभर शक्ति थिएन । मात्र खुसीले बरर्बराइरह्यो, ‘गर्र, बर्र, इक ।’

उसलाई साइकलको अगाडि डन्डीमा राखें । हामीहरू काठमाडौंतिर हिँड्यौं । उसले आफ्नो टाउको पछिल्तिर घुमाएर मलाई हेर्‍यो । उसका आँखाहरूमा कृतज्ञता र राहत छर्लंग झल्किरहेकोे थियो । यतिमात्रै कहाँ हो र ? पवित्र माया पनि झल्किरहेको थियो, जसले झस्कायो । एकचोटि फेरि ऊ खुसीको हाँसोमा गड्गडायो ।

हाम्रो उद्देश्य उसलाई काठमाडौं लाने, दृष्यहरू देखाउने, खानेकुरा किन्ने र साँझपख पाटन नै फर्काउने थियो । तर, उसको ठूलो सहरमा बस्ने रहर यति धेरै थियो कि हामीले उसलाई एक रात त्यहीँ राख्ने निधो गर्‍यौं । होटेलमा लग्यौं । नुहाउन बाथटबमा पानीको प्रबन्ध मिलाइदियौं । लुगाहरू फुकाली बाथटबभित्र राखिदियौं । पहिले त ऊ डरायो र बाथटबबाट बाहिर निस्कने कोसिस गर्‍यो तर पछि विस्तारै ऊ शान्त भयो । नौलो अनुभवको आनन्द लिन थाल्यो । खुसीले रमाउँदै, चिच्याउँदै पानीसंँग छयापछयाप खेल्न थाल्यो । बाथरुम जताततै छयाप्छयाप्ती पानी नै पानीले भरियो ।

हामीले नजिकैको बजारमा उसलाई लग्यौं र एउटा नयाँ सुरुवाल, कमिज र नरम छाला भएको चप्पल किनिदियौं । उसको अनुहारमा एउटा शौम्य सम्मानको अनुभूति थियो । यस नौलो पहिरनमा उसले आफूलाई आफैंबाट अपरिचित पायो । जब पसलको कुनामा रहेको डस्टबिनमा साहुजीले उकीका ती पुराना थोत्रा फाटेका लुगा फाल्यो तब उकीले कडा विरोध जनायो, ‘गर्र, बर्र, इक, इक ।’

उसले ती पुराना कमिज र सुरुवाललाई डस्टबिनबाट टिप्यो । बेर्दै एउटा पोको बनायो र कसेर आफ्नो छातीमा टाँस्यो । ‘ग, ग, बर्र, गर्र’ ऊ बर्बरायो । यो अद्भूत संसार, जहाँ उसले आफूलाई पाएको थियो । विस्तारै यसले नै उसलाई तर्साउन थालेको थियो । यिनै पुराना लुगा नै उसको विगतलाई जोड्ने एकमात्र माध्यम थियो ।
साँझपख उसलाई चाइनिज रेस्टुरेन्टमा लग्यौं । पहिले त उसलाई विश्वास नै भएन कि हाम्रो अगाडि राखेका ती ताता भाँडाहरू साँच्चिकैका हुन् कि होइनन् । उसले प्रत्येक भाँडालाई सावधानीपूर्वक औंलाले छोयो । म र श्रीमती खाना खान थाल्यौं । ऊ विश्वस्त थियो कि ती भाँडा केवल हाम्रा लागि मात्र थिए । श्रीमतीले उसको प्लेटमा केही खाना राखिदिई, तबमात्र उसमा चम्चा उठाउने आँट आयो ।

खाना खान थालेपछि उसलाई केहीले पनि रोक्न सक्दैन थियो । चम्चालाई चक्कुजस्तै समाउँदै खानालाई मुखतिर लान खोज्यो । मुख ठीक ठाउँमै भए पनि उसले त्यसलाई धेरैचोटि गुमायो । यसै प्रयासमा उसको अनुहार चाउचाउ र त्यसको रसले लत्पतियो भने उसको नयाँ कमिज र सुवालमा पनि चुहिरहेको थियो । तेस्रोपल्टको प्रयासमा ऊ अचानक थकित भयो । चम्चा हातबाट खस्न नपाउँदै टेबलमै घोप्टो परेर सुत्यो ।

उसलाई बोकेर होटेलमा लग्यौं । लुगा फुकालिदियौं, हातमुख धोइदियौं र खाटमा सुताइदियौं । ऊ मस्तसंँग निदायो । मध्यरातमा ब्यँुझियो । ‘ग, ग, गर्र, गर्र, इक’ त्रसित हुँदै ऊ हड्बडायो । ऊ कहाँ थियो, उसलाई केही पत्तोे थिएन । उसका ती ससाना औंलाले वरिपरिको वातावरणलाई छामछाम छुमछुम गर्न थाले । औंलाहरूले हात फेला पारे, तिनीहरू एकैछिन रोकियो । पुनः दोहोरिए । तिनीहरूले मेरो नाडी, जेठी आंैला, बूढी औंलालाई छामे । अलि अप्ठ्यारो मान्दै उसले मेरो बूढी औंलालाई जोडसंँग थिच्यो । जब उसको अनुहार सर्दैसर्दै मेरो नजिक आयो, उसको मुखबाट चाइनिज फुड गनाइरहेको तातो सास आयो । ‘इक, इक, गर्र, गर्र ।’

भोलिपल्ट बिहान काठमाडौं घुमाउन लग्यौं । दरबारमार्गमा तीनवटा सजिएका हात्ती मुख्य द्वारबाट बाहिर निस्किँदै थिए । त्यो देखेर उकी हर्षले चिच्चायो र त्यसैको पछिपछि दौड्यो । हामी उकीलाई पछ्याउन थाल्यौं । काठमाडौंको बीचबजारमा हिँडिरहेका थियौं, एक्कासि ऊ हावातालमा दौड्यो, उफ्य्रो र हातहरू हल्लाउँदै यताउता इसारा गर्न थाल्यो । हाँस्दै, बुझाउँदै र अचम्म मान्दै उल्टै उसले नै काठमाडौंका दृष्यहरू देखायोे ।

‘गर्र, बर्र, इक !’ हड्बडाउँदै हावामा पाखुराहरू विक्षिप्त पाराले हल्लायो । बच्चाहरूले उसलाई चिने र हर्ष र उल्लासले चिच्चाउँदै ऊतिर दौडँदै स्वागत गरे । साइकलबाट ओर्लिन नपाउँदै हामीलाई चारैतिरबाट घेरिहाले । उकीको नयाँ कमिज, सुरुवाल र चप्पललाई बच्चाहरू सुम्सुमाउन चाहन्थे । यो देखेर उकीले चाइनिज रेस्टुरेन्टमा गरेकोे व्यवहार झट्ट सम्झें । साथीहरूले ऊप्रति गरेको माया र प्रशंसाले ऊ गद्गद् भयो । आफ्नो सफलतामा ऊ गर्वले गमक्क पर्‍यो । व्यवहारमा भने ऊ अलिकति पनि कपट थिएन, उही पहिलेजस्तै चञ्चल र मैत्रीभाव थियो ।

रिक्सा भाडामा लियौं । जब रिक्साचालकले सजिएको रिक्सालाई भिडबाट बाहिर निकाल्यो, उकी चिच्चायो र उसलाई बाटो देखाउन थाल्यो । कुनै कुराले अपर्झट आक्रमण गरेझैं ऊ काम्न थाल्योे । रिक्साबाट नखसोस् भनेर उसलाई अठ्याइराख्यौं । ‘इक, इक, गर्र, गर्र’ गर्दै उसले मेरो कानमा बड्बडायो । अनि जोडजोडले हाँस्न थाल्यो । अनौठो यो संसार हाम्रो वरिपरि एउटा जादुमयी चर्खाजस्तै घुम्यो । संसारभरिको सबैभन्दा हर्षित बच्चा ऊ नै देखिन्थ्यो ।

एउटा अर्को रात उसले हामीसंँग बितायो । भोलिपल्ट साइकल चढेर मङ्की टेम्पल गयौं । उकीलाई मन्दिरको सुनौलो गुम्बा यति धेरै मन पर्‍यो कि दस मिनेटसम्म हेरेको हेर्‍यै गर्‍यो । बाँदरहरू देखेर ऊ अत्यन्तै खुसी भयो । तर जब तीमध्ये एउटा बाँदर आफ्नो समूहबाट छुट्टिएर ऊतिर आयो । उकी आत्तिँदै चिच्चायो र हत्त न पत्त मलाई छाँद हाल्यो । स्वयम्भूको उकालोमुन्तिर साइकलहरू राखेका थियौं, त्यहाँ पुगेपछि मात्र बल्ल उसले हँसिलो अनुहार बनायो । 

जब उसलाई उचालेर साइकलको डन्डीमा राखें, ‘गर्र, वर्र, इक, इक’ खुसी हुँदै उसले भन्यो । धुलो बाटामा पुग्यौं । उकीले यसलाई चिन्या नचिनेझैं गर्‍यो । पाटन फर्काउँदै छौं भन्ने थाहा पायो । त्यो सानो साँगुरो गल्लीमा छिरेपछि मात्र उसले चिरपरिचित दृष्यहरूलाई चिन्न थाल्यो । ऊ आश्चर्यचकित भयो कि उसको पुरानो संसार ज्यूँकात्यूँ थियो । जब हामी मुख्य बजारको चोकमा पुग्यौं, उसले टाढैबाट आफ्ना साथीहरूको समूहलाई चिन्यो । 

चर्चित स्लोभेनियन कथाको नेपाली अनुवादक युयुत्सु आर.डी. शर्मा 

‘गर्र, बर्र, इक !’ हड्बडाउँदै हावामा पाखुराहरू विक्षिप्त पाराले हल्लायो । बच्चाहरूले उसलाई चिने र हर्ष र उल्लासले चिच्चाउँदै ऊतिर दौडँदै स्वागत गरे । साइकलबाट ओर्लिन नपाउँदै हामीलाई चारैतिरबाट घेरिहाले । उकीको नयाँ कमिज, सुरुवाल र चप्पललाई बच्चाहरू सुम्सुमाउन चाहन्थे । यो देखेर उकीले चाइनिज रेस्टुरेन्टमा गरेकोे व्यवहार झट्ट सम्झें । साथीहरूले ऊप्रति गरेको माया र प्रशंसाले ऊ गद्गद् भयो । आफ्नो सफलतामा ऊ गर्वले गमक्क पर्‍यो । व्यवहारमा भने ऊ अलिकति पनि कपट थिएन, उही पहिलेजस्तै चञ्चल र मैत्रीभाव थियो ।

‘गर्र, वर्र, इक, इक, वर्र’ ऊ बर्बरायो एउटा अन्त्यहीन शब्द प्रवाहमा । उसले पुनः हावामा हातहरू हल्लायो । मानौं उसले देखेका ती सम्पूर्ण अद्भूत कुराहरूलाई हावामै कोर्ने कोसिस गर्‍यो– हात्तीहरू, दरबारहरू, बाँदरहरू र ती प्रत्येक कुराहरू ।
विस्तारै उसले चाल नपाउने गरी हामी हुलबाट बाहिर निक्लियौं । साइकल चढेर चोक पारि पुग्यौं । एउटा मुटु पगाल्ने चित्कारले हामीलाई रोक्यो । केहीछिनमा उकी हामी भएछेउमा आयो । मेरो सुरुवाल तान्दै साइकलबाट ओराल्ने प्रयास गर्‍यो र अविश्वासले मलाई हेरिरह्यो । ऊ आत्तिँदै श्रीमती भएतिर दौडियो । उसलाई पनि साइकलबाट झार्ने कोसिस गर्‍यो । अन्त्यमा, फर्केर मैतिर आयो र साइकलका ह्यान्डललाई जोडसित समाउँदै हल्लाउन थाल्यो । आखिरमा केही सीप नलागेपछि ऊ आफैं साइकलको डन्डीमा चढ्यो । ऊ हामीसंँग काठमाडौंमात्रै होइन, जताततै सँगसँगै हिँड्न चाहन्थ्यो ।

‘इक, गर्र, वर्र, वर्र, गर्र, गर्र’ उसले बिन्ती गर्‍यो । लाख कोसिस गर्दा पनि ऊ मानेन । साइकलबाट ओर्लिन मानेन । मानौं उसको सम्पूर्ण शक्ति ती ससाना औंलामा केन्द्रित थिए । आखिरमा, ह्यान्डल समातिरहेको उसको एउटा हातलाई जबर्जस्ती फुत्काएँ तर अर्को हात फुत्काउन नपाउँदै ऊ पहिलेको हातले डन्डीलाई झन् बलियोसंँग पुनः समातिहाल्थ्यो ।

केहीबेरपछि अचानक ऊ शान्त भयो, जसरी एउटा टनक्क कसिएको फुटबल एक्कासि खुकुलो भइदिन्छ । उसका नरम हातहरूले ह्यान्डललाई विस्तारै छाड्यो । विस्तारै मैले उसलाई साइकलबाट तल ओरालें तर उसले केही विरोध जनाएन । केही क्षण त्यहीँ उभियो । अलमल्ल परेका उसका साथीले उसलाई घेरे । ऊ भने मुन्टो तल निहुराएर खुट्टातिर हेरिरह्यो । केहीबेरपछि विस्तारै टाउको उठाउँदै मलाई छड्के आँखाले चियायो ।
के यो नै वास्तवमा अन्त्य थियो ? हो यथार्थ यही हो । यही नै अन्त्य हो भन्ने थाहा पाउनेबित्तिकै टाउको निहुराउँदै विस्तारै चोकपारि रहेको भवनको पर्खालतिर हिँड्यो । घोप्टो पारेर टाउकालाई पर्खालमा अडेस लगाउँदै देखेनदेखेकै गरी गतिहीन भई त्यहीँ बस्यो ।

परको सानो स्टलबाट श्रीमतीले एक काइँयो केरा किनेर ल्याई र उसको काखमा राखिदिई । उसले आँखा खोल्यो । एउटा थकित र नचाहेको ‘गर्र, वर्र, ग, ग, इक’ बर्बरायो र पुनः आँखा चिम्ल्यो । त्यहीँ पुगें र एक सय रुपैयाँ हातमा राखिदिएँ । उसले कुनै चासो देखाएन र उसका ती सिथिल हातहरूबाट नोट भुइँमा खस्यो ।

मैले उसको चिउडो मुनि सुम्सुमाए । किनकि उसको अनुहारमा खुसी र हाँसो हेर्न चाहन्थे । उसले मलाई हेर्न चाहेन, चोक छोड्ने बेलामा फर्किएर अन्तिमपटक उसलाई हेरें । पर्खालमा अडेस लगाएर उभिएको ऊ कुनै फाँसी दिन सजाइएको बन्दीजस्तै देखिन्थ्यो ।

इभाल्ड फ्लिसर (१९४५) सबैभन्दा धेरै अनूदित स्लोभेनियाली लेखक र नाटककार (४० भाषामा २१० अनुवाद) हुन् । उनी लन्डनमा विज्ञानको एक ज्ञानकोशका पूर्वसम्पादक, स्लोभेनियाली लेखक संघका अध्यक्ष (१९९५–२००२) र १९९८ देखि सबैभन्दा पुरानो स्लोभेनियाली साहित्यिक पत्रिका सोदोब्नोस्त (समकालीन समीक्षा) का प्रधानसम्पादक हुन् । उनले ९८ देशको यात्रा गरिसकेका छन् भने २० वर्ष लन्डनमा बसेका छन् । सन् १९९८ देखि उनी स्लोभेनियाको लुब्लनामा बस्दै आएका छन् । उनकी पत्नी जाना बाउर अन्तर्राष्ट्रिय प्रशंसित बाललेखिका हुन् । उनका पुस्तक पनि १७ भाषामा अनुवाद भएका छन् ।

 युयुत्सु आर.डी. शर्मा,  नेपाली अनुवादक


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.