मेरिटोक्रेसीको वैज्ञानिक र न्यायपूर्ण प्रयोग गर्न विद्यार्थीको माग
काठमाडौं : मेरिटोक्रेसीको वैज्ञानिक र न्यायपूर्ण प्रयोग गर्न माग गर्दै चिकित्सा शिक्षाका पीडित विद्यार्थीहरूले संसदीय समितिको ध्यानाकर्षण गराएका छन्।
संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीसमक्ष पीडित विद्यार्थीहरूले ध्यानाकर्षण गराएका हुन्।
चिकित्सा शिक्षा आयोगद्वारा लिइने भर्ना प्रक्रिया र काउन्सिलिङको प्रक्रियामा चिकित्सा शिक्षाको मर्म विपरीत मेरिटोक्रेसीको अर्थहीन प्रयोग गरिएको उनीहरूको आरोप छ।
मागपत्रमा भनिएको छ, 'चिकित्सा शिक्षा आयोगद्वारा लिइने भर्ना प्रकिया र काउन्सेलिङको प्रक्रियामा चिकित्सा शिक्षा ऐनको मर्म विपरित मेरिटोक्रेसीको अर्थहीन प्रयोग गरिएको छ। म्याचिङको नाममा मनलाग्दी ढङ्गले विद्यार्थी भर्ना भइरहँदा पनि आयोगले सो प्रक्रियाबारे कुनै पुर्नविचार गरेको छैन। काउन्सिलिङ फारम भरेको विद्यार्थी भनी खाली सिटमा सोको ठीक पछाडिका विद्यार्थीको अपग्रेड हनुपर्नेमा पछिल्लो भर्ना सूचीमा नाम आउने मात्रै ती खाली सिटहरूमा विद्यार्थीहरूको मनोनयन भइरहेको छ। त्यसो गर्दा पहिलो सूचीमा नाम आउने माथिल्लो श्रेणीको विद्यार्थीले भन्दा दोस्रो सूचीमा नाम आउने तल्लो श्रेणीका विद्यार्थीले राम्रो कलेज कदापि न्यायपूर्ण हुन सक्दैन। अघिल्लो वर्ष पनि सोही समस्यालाई दोहोर्याउन आयोग तल्लिन छ।’
विद्यार्थीले उठाएको माग सम्बोधनमा आयोग गम्भीर नभएको पीडित विद्यार्थीको गुनासो छ।