सय वर्ष पुरानो घरमा, सय थरीका चिया !

सय वर्ष पुरानो घरमा, सय थरीका चिया !

बुटवल : घरमा आउने पाहुँनालाई पहिलो सत्कारको रुपमा खुवाउने चिज हो चिया। घरबाहिर साथीसंगी र इष्टमित्रसँगको पहिलो भेटमा गफगाफको माध्यम पनि यही चिया हो। चिया भन्ने बित्तिकै सवैले सहजै बुझद्छन्, दूध हालेको खाउँ वा दूध नहालेको ? यी दुई थरीमै धेरैजसोले चिया पिउने निर्णय लिन्छन्। सुन्दा जति सजिलो र सामान्य छ चिया, त्यसको गहिराईमा पुग्दा यसका बहुरुपी रंग छन्। 

दुई प्रकारका चियामा मात्र यो सिमित रहेन्। बुटवलमा एक होइन, दुई होइन् एक सय थरीका चियाको स्वाद चखाउँछ विश्राम चिया पसलले। डेढ वर्ष अघि बुटवल (पुख्र्यौली घर गुल्मी) का २४ वर्षीय शौरभ खरेल र काठमाडौंका आस्मा पन्तले नविनतम सोच र योजना बनाए। 

अब नुनदेखि, सुनसम्म होइन् कुनै एकको ब्राण्ड बनाउँ भनेर लागे। यी यूवाहरूले चिया मात्र बेचेर आय आर्जन गर्न सकिन्छ भन्ने एउटा गतिलो उदाहरण दिन खोजे। उनीहरूको सपना अहिले साकार हुँदै गयो। स्वदेशका मात्र होइन्, विदेशका नागरिकहरू समेत चिया पिउँन उनको विश्राममा पुग्छन्।

विश्राम चिया पसलमा चियासँगको मात्र साइनो छैन्। यो पसल रहेको घर एक सय  वर्ष बढी पुरानो हो। गर्मीको विशेषताले चिनिने बुटवलमा यहाँ पुग्दा शिलताको महशुस हुन्छ। पुरानो र कलात्मक रुपमा काठले बनाएको यस घर आफैमा सुन्दर छ। 

'सय वर्ष पुरानो घरमा, सय थरीका चिया' पाइन्छ रे भन्दै ग्राहकहरू आफूहरूकोमा आउने गरेको सञ्चालक शौरभ खरेलले सुनाए। बुटवल उपमहानगरपालिका वडा नम्बर १ स्थित पुरानो बुटवलमा विश्राम चिया पसल छ। यस ठाउँलाई धेरैले खस्यौली भनेर पनि चिन्ने गर्दछन्। 

'पुरानो बुटवल आफैँमा मौलिक र कलात्मक घरहरू भएको ठाउँ हो',खरेलले सुनाए,'संरक्षण र प्रर्वद्धनका लागि पनि हामी यस क्षेत्रलाई रोजेका हौँ।' 

वर्षौअघि नुन किन्ने ठाउँको रूपमा पनि यस क्षेत्र परिचित छ। लोपहुँदै जान थालेका पुराना अँगेना, टुकी, गुन्द्री, काठको खाँट, स्टोप, लालटिन, रेडियो लगाएत सामग्रीहरू चिया पसलमा सजाएर राखिएको छ।

विश्रामस्थल चिया पारखीहरूका लागि एउटा गतिलो गन्तव्य बन्दै गएको छ। न्यूनतम प्रति कप ४० रुपैयाँ पर्ने पत्ती कडावाला चियादेखि अधिकतम ८ सय रुपैयाँ पर्ने एकै पटकमा पाँच जनाले पिउँन मिल्ने 'ब्लुमिन टि' को स्वाद यहाँ लिन सकिन्छ।

गर्मीमा धेरैजसो 'आइस टि' को माग बढी हुने गरेको खरेलले सुनाए। 'हर्बल टि खान पनि धेरै ग्राहकहरू आउने गर्नुहुन्छ',उनले भने,'दिनमा कम्तीमा तीन सय बढी कप चिया खपत हुन्छ।' चिया पिउने बेला इमेल, इन्टरनेटमा भूलेर कुराकानीलाई बिर्सने संस्कार बढ्दै गएपछि आफ्नो पसलमा वाईफाई जडान नगरिएको खरेलले बताए।

'कति समयपछि साथीसँगी, आफन्त भेट भएका हुन्छन्। चिया खान जाउँ भन्दै आउँछन्',खरेलले विगतको अनुभव सुनाउँदै भने,'तर, टेबुलमा बसेपछि फेसबुक, टिकटकमै व्यस्त हुन्छन्। कम्तीमा चिया खाने बेला त दुःख सुखको कुरा गरौँ।' 'केही मिठा बात गरौँ, वाईफाई त घरमै छँदैछ' भन्ने पसलको नारा नै बनाएको खरेलले बताए। 

करिब ३५ लाख रुपैयाँ लगानी गरेर चिया पसल संचालन गरिएको उनले जानकारी गराए। दैनिक कारोबारले आम्दानीमा सन्तुष्टि रहेको उनको भनाइ छ।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.