बनेपामा ट्रक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
काभ्रे : बनेपा नगरपालिका-१३ भैसेपाटीमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
बनेपाबाट भक्तपुरतर्फ जाँदै गरेको ट्रक र मोटरसाइकल ठोक्किँदा रोशी गाउँपालिका-१ का १८ वर्षीय कृष्ट लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार बेलुका ७ बजेतिर बनेपाबाट भक्तपुरतर्फ जादै गरेको ना ८ ख ८०८७ नम्बरको ट्रक र बा ६७ प २८९२ नम्बरको मोटरसाइकल ठोक्किएको थियो।
उनको उपचारको क्रममा बनेपामा रहेको शिर मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख राजेश सिल्वालले जानकारी दिए।
मोटरसाइकल चालक रोशी-१ कै २६ वर्षीय एण्डी लामाको बनेपा अस्पतालमा उपचार भइरहेको छ। ट्रक र चालकलाई बनेपा प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको ट्राफिक प्रमुख सिल्वालले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
१