४४ देशमा ‘प्रेमगन्ज’

४४ देशमा ‘प्रेमगन्ज’

काठमाडौं : चलचित्र प्रेमगन्ज युरोपका ४४ देशमा एकसाथ प्रदर्शन हुने भएको छ। नेपाली चलचित्रको इतिहासमा प्रेमगन्ज पहिलो पटक युरोपका ४४ राष्ट्रमा एकसाथ प्रदर्शन हुन लागेको हो। 

यसअघि नेपाली समुदायको पहलमा विभिन्न रेस्टुरेन्ट तथा सभाहलमा चलचित्र प्रदर्शन गर्ने प्रचलन थियो। तर, प्रेमगन्ज भने अन्य विदेशी चलचित्र सरह हलमै प्रदर्शन हुन लागेको हो। अन्तर्राष्ट्रिय कम्पनीले नेपाली भाषाको चलचित्र विश्वका विभिन्न देशमा प्रदर्शन गर्न लागेको पहिलो पटक हो। प्रेमगन्ज जर्मनी, अस्ट्रिया, पोल्यान्ड, माल्टा, डेनमार्क, नेदरल्यान्डलगायत ४४ देशमा प्रदर्शन हुनेछ।

चलचित्र प्रेमगन्जलाई जर्मनीको लोखाह फिल्म इन्टरटेन्मेन्टले युरोपलगायतका मुलुकमा प्रदर्शन गर्न लागेको हो। ‘अन्तर्राष्ट्रिय रुपमा प्रदर्शन गर्ने हाम्रो यो पहिलो प्रयास हो। अहिले हामीले पैसाभन्दा पनि बाटो खोजिरहेका छौं। यसले गर्दा भविष्यमा निर्माण हुने अन्य नेपाली चलचित्रलाई पनि बाटो खुल्ने छ’, निर्देशक परिच्छेद सेनले भने, ‘चलचित्रको टिजर विभिन्न देशका कम्पनीलाई देखाइरहेका छौं।

सबैले नेपालमा पनि फिल्म इन्डट्री छ ?  भनेर सोध्न्छन्। यस्तो कुरा सुन्दा दुःख लाग्छ।’ उनले भारतमा पीभीआरजस्तो प्रतिष्ठित कम्पनीसँग छलफल भइरहेको बताए। प्रेमगन्ज यही भदौ ३ गते राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा एकसाथ प्रदर्शन हुँदैछ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.