कबड्डीले ब्युँतायो माहोल

कबड्डीले ब्युँतायो माहोल

हङकङ : सन् २०१९ को अन्त्यबाट सुरु भएको कोरोना कहरले हङकङमा सांगीतिक माहोल ठप्प भयो। कोरोना प्रोटोकलका कारण न कुनै नेपाली सिनेमाको प्रर्दशन हुन सक्यो, न कुनै सांगीतिक कार्यक्रम। हरेक हप्ता एक दर्जन बढी नेपाली कलाकारहरूको हङकङ आगमन र विभिन्न संघसस्थाहरूको आयोजनामा तय भएका कार्यक्रमहरूले हङकङको माहोल गज्जबले तात्ने गर्दथ्यो। नेपाली कलाकार र सिनेमालाई राम्रो आर्थिक उपार्जनका लागि पनि हङकङलाई प्राथमिकताका साथ हेरिन्थ्यो। 

कोरोना कहरको करिव तीन वर्षमा नेपाली चलचित्र कबड्डी–४ ले हङकङमा पुनः एकपटक पुरानो माहोललाई फर्काइदिएको छ। लामो समयपछि नेपाली चलचित्रलाई हलमा हेर्न पाउँदा हङकङेली नेपालीहरू दंग देखिन्थे। 

नेपालमा सफल प्रदर्शनपश्चात कबड्डी–४ ले हङकङमा पनि दर्शकहरूको मन जित्न सफल भयो। प्रदर्शनको एक हप्ता अगाडि नै टिकट बुकिङ सकिएको थियो। चलचित्र प्रदर्शनका लागि लालीगुराँस (एलजी) एसोसियसन हङकङका चेतन गुरुङ र हिमाल रानाले जिम्मा लिएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.