व्यवहारिक शिक्षा अहिलेको आवश्यकता : पूर्वराष्ट्रपति
काभ्रे : पूर्वराष्ट्रपति रामवरण यादवले व्यवहारिक शिक्षा अहिलेको आवश्यक रहेको बताए छन्।
नेपाल भोकेसनल एकेडेमी पनौतीको निर्माण हुन लागेको बहुउद्देश्यीय भवनको शिलान्यास गर्दै पूर्वराष्ट्रपति रामवरण यादवले व्यवहारिक शिक्षा अहिलेको आवश्यक रहेको बताएका हुन्।
अहिलेको समयमा अदक्ष कामदारभन्दा पनि दक्ष कामदारले जुनसुकै क्षेत्रमा रोजगारको अवसर पाउने बताउँदै सबै तहको सरकारले दक्ष जनशक्ति उत्पादन गर्न तर्फ ध्यान दिनुपर्ने बताए ।
पनौतिमा निर्माण हुन लागेको एकेडेमीमा देशभरका युवाहरूले विभिन्न दक्ष सीपमुलक शिक्षा लिन सक्नेमा आफू विश्वस्त रहेको राष्ट्रपति यादवको भनाइ छ।
नेपाल भोकेसनल एकेडेमी पनौतीले प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (CTEVT) सँग अनुमति लिएर युवाहरूलाई विभिन्न विषयमा तालिम दिइरहेका छ्न् ।
एकेडेमीले पनौती र भक्तपुरमा गरी इलेक्ट्रिसियन, प्लमबिङ, काष्ठकला, सिकर्मी, डकर्मी र मूर्तिकला बारेमा युवाहरूलाई शिक्षा दिन सुरु गरेको छ । सबै विधामा एक वर्षको कोर्ष रहेको एकेडेमीले जनाएको छ ।
पनौतिमा निर्माण हुने बिहीबार पूर्व राष्ट्रपतिबाट शिलान्यास भएको बहुआयामिक भवन जर्मन नागरिक Dr. Hans Joachim Schneider को आर्थिक सहयोगमा जर्मन संस्था सुलन फ्यूर नेपालमार्फत करिब ७ करोड नेपाली रूपैयाँको लागतमा निर्माण हुनेछ ।
'अहिलेको परिवेशलाई मध्यनजर राख्दै हामीले विशेषत परम्परागत घर निर्माणसम्बन्धी दक्ष जनशक्तिको उत्पादनमा विशेष जोड दिएका छौं,' भोकेसनल एकेडेमीको अध्यक्ष रबिन्द्र पुरिले बताए ।
केही वर्षदेखि आधुनिक सुविधा सम्पन्न परम्परागत घरको माग बढ्दै गइरहेको छ । जसले गर्दा दक्ष कामदारहरुको माग पनि बढ्दै गइरहेको छ ।
सन् २०७२ को भूकम्पपछि दक्ष कामदारहरुको माग बढ्दै गइरहेको र सोही तथ्यलाई मध्यनजर गर्दै दक्ष जनशक्ति उत्पादन गरी देशमा चुलिदै गएको बेरोजगारी समस्यालाई केही हदसम्म भएपनि हल गर्ने उद्देश्यको साथ नेपाल भोकेशनल एकेडेमीको स्थापना भएको पुरिले बताए ।
पनौती नगर प्रमुख मेयर रामशरण भण्डारीले पनौतिमा स्थापन भएर विभिन्न सिपमुलक दक्ष कामदार उत्पादन गर्न सुरु गरिएको एकेडेमी को भवन निर्माणमा नगरको तर्फबाट सहकार्य सहयो निरन्तर रहने बताए ।
एकेडेमीले पनौतीमा २०७२ सालदेखि तालीम संचालन गर्दै आएको छ । हरेक वर्ष ६० जना युवहरुलाइ डकर्मी, सिकर्मी, लौहकर्मीलगायतका दक्ष कामदार उत्पादन गर्दै आएको एकेडेमीका प्रिन्सिपल प्रकाश कुँइकेलले बताए ।