महोत्तरी ट्राफिकमा २ करोड राजस्व

महोत्तरी ट्राफिकमा २ करोड राजस्व

महोत्तरी : महोत्तरीमा ट्राफिक प्रहरीले दुई करोडभन्दा बढी राजस्व संकलन गरेको छ। गत आवमा प्रहरीले ३० हजार २ सय ७० वटा कारबाही गरेको हो। जसबाट २ करोड ५३ लाख १९ हजार ५ सय राजस्व संकलन गरेको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार यस अवधिमा ६ सय ५८ वटा सवारी दुर्घटना भएको छ।  जसमा ९ महिला, ४३ पुरुष र २ बालबालिका गरी ५४ जनाको ज्यान गएको छ। त्यस्तै १ सय २० जना गम्भीर घाइते र ९ सय ९८ जना सामान्य घाइते भएका छन्। प्रहरीले विभिन्न स्थानमा ट्राफिक प्रहरीसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

यस अवधिमा सर्वसाधारण, चालक तथा सहचालकलाई सचेतनामूलक सन्देश प्रवाह गर्दै आएको डीएसपी प्रकाश विष्टले बताए। २० हजार १ सय १६ जनालाई प्रशिक्षण दिइएको डीएसपी विष्टले जानकारी दिए।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.