भारतमा एकै दिन बीस हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

भारतमा एकै दिन बीस हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

नयाँदिल्ली : बितेका २४ घण्टामा भारतमा २० हजारभन्दा बढीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ। यस समयमा २० हजार ४०९ थप  व्यक्तिमा कोरोना देखिएपछि  भारतमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३९ लाखमा  ७९ हजार सात सय ३० पुगेको छ।  भारतभर एक लाख ४३ हजार नौ सय ८८ सक्रिय सङ्क्रमित छन्। 

पछिल्लो एक दिनको अवधिमा १९ हजार दुई १६ सङ्क्रमणमुक्त भएका छन्। योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३२ लाख ८६ हजार सात सय ८७ पुगेको छ। 

कोरोना सङ्क्रमणबाट पछिल्लो एकदिनमा ४७ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट पाँच लाख २६ हजार दुई सय ५८ जनाको मृत्यु भएको छ।  

कोरोना महामारी सुरु भएयता ८७ करोड ४० लाखभन्दा बढीको परीक्षण गरिएको छ। सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ। अभियानअन्तर्गत हालसम्म दुई अर्ब मात्राभन्दा बढी खोप लगाइएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.