रसुवामा कोरोना संक्रमित बढे
रसुवा : रसुवामा कोरोना संक्रमित बढेका छन्। पछिल्लो केही दिनयता संक्रमितको संख्या बढ्दै गएको देखिन्छ। जिल्ला स्वास्थ्य कार्यालय रसुवाका अनुसार बिहीबार तीन जना संक्रमित थपिएका छन्।
योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ९ पुगेको छ। जिल्लामा हालसम्म १ हजार ६६७ जनामा कोरोना पुष्टि भएकोमा २ जनाको मृत्यु भएको छ। १ हजार ६५६ जना निको भएका छन्।
कोरोनाको जोखिम बढ्दै गएकाले स्वास्थ्य सुरक्षाका मापदण्डहरू पालन गर्न कार्यालयले आग्रह गरेको छ।