बुटवलमा डेंगुका बिरामी बढ्दै

बुटवलमा डेंगुका बिरामी बढ्दै

बुटवल : बुटवलमा पछिल्लो एक महिनादेखि डेंगुका बिरामीहरू बढ्दै जान थालेका छन्। लुम्बिनी प्रादेशिक अस्पतालको  तथ्यांक अनुसार एक महिनामा एक सय २२ जनामा डेंगु रोग देखिएको छ। 

जाँच गराएकामध्ये ८ सय ६४ जनाको रिपोर्ट नेगेटिभ आएको छ। संक्रमण भएकामध्ये दश जनाभन्दा बढी रक्तकोषिका कम भएका बिरामीहरू अस्पतालमा भर्ना भई उपचाररत छन्। 

वर्षात र गर्मी मौसम, बुटवलको मुख्य सडकसहित भित्री सडकहरू विस्तार हुँदा खाल्डोमा संकलन भएको फोहोर पानी र लामखुट्टे निराकरणसम्बन्धी सचेतनामुलक कार्यक्रमहरू नहुँदा डेंगुका बिरामीहरू बढ्दै गएको लुम्विनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर इन्द्र ढकालले बताए।

'डेंगु रोग नियन्त्रणसम्बन्धी सचेतनामुलक कार्यक्रमको कमी भएको पाइएको छ', ढकालले भने, 'सरोकारवाला निकायले यसतर्फ ध्यान दिनुपर्छ।' उनले विपन्न वर्गलाई स्थानीय सरकारले किटानासक झुल वितरण कार्यक्रम गर्नुपर्ने बताए। 

टोल समितिमार्फत् वडाका बस्ती बस्तीमा डेंगु रोग नियन्त्रणसम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन भइरहेको बुटवल उपमहानगरपालिकाका शिक्षा तथा जनसंख्या महाशाखा प्रमुख मित्रमणी खनालले जानकारी दिए। उनले सवारीसाधनहरू मर्मत गर्ने बुटवल-२ स्थित मैनावगर क्षेत्रमा सुरुमै कार्यक्रमलाई केन्द्रित गरिएको बताए। एसी चलाउने शित्तल ठाउँमा डेंगु फैलाउने लामखुट्टे बढी देखिएको उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.