हरित क्रान्तिका चाड मास–श्रावण
सामान्यतः प्रकृति–पर्यावरण–नियमित–स्वचालित रहेकै हुन्छन्। शान्त–शुभ्र रहेकै हुन्छन्। शान्त अवस्था आल्हादक हुन्छ। आल्हादक अवस्था सुखद रहन्छ। सुखद अवस्था आनन्ददायी बन्छ। आनन्दप्रद अवस्था चिन्ता मुक्तिका अवसर। चिन्ताबिहिन क्षण पीडा पार अवस्था। हामी यसकै निमित्त अनवरत प्रयत्नरत रहन्छौं। रहेका छौं।
हुन्छौं, भइ नै रहन्छौं।
आफ्नै आँखा पर्लक्क आफैंभित्र पल्टाई हेरौं! थाहा हुने नै छ। यस्तै गरेर सिक्दै छु निरन्तर। मनले पत्याउनु पर्दो रहेछ। आफूलाई आफैंले। अनिमात्र अरूले कस्दा रैछन् पत्यार! शनै शनै! सुस्त सुस्त प्रियजन...! हरित क्रान्तिका प्रसंग जोड्दै छु! हरित क्रान्तिका चाड श्रावण मासका प्रसंगमा उल्लेख गरेको हुँ। यस मासलाई नेपाली परम्पराअनुसार हरित क्रान्ति मासै मानिन्छ। हामी पारिवारिक रुपमै मान्छौं। हजुरआमा, आमा, बुहारी, छोरी सबै हरिया पहिरन चादर, चोलो, सारी, पटुका आदि पहिरन्छन्।
यस महिना स्वयम् हरियालीयुक्त मौसमी याम! झमझम परेली आँखैमा गाजलु गीत गुञ्जियो त्यसैले। झमझम परेलीका लाक्षणिक अभिव्यञ्जना मनमोहक मौसम बन्छ। पुर्खाले यी रचेकै किन हुँदो हो ? परम्परागत प्रथाभित्रका औचित्य यी र यस्तै हुन्। अलिकति मनले सिँच्नु छ हामीले। पुख्र्याैली दुबो मौलाउँदो हुन्छ स्वतः! चीर–मैदान हरियो। रुखजङ्गल हराभरा बोटबिरुवाले गर्दा।
जता हेर्यो उतै हरियो! दृष्टिपातै हरियो परियो! हरियो हेराई जीवनै हरियो। हरियो जीवन तन्नेरी यौवन! संसारै तन्नेरी। विश्व तन्नेरी पार्न काँचुली फेर्छौं। जीवित अवस्था भरि स्याहार सम्भार गरेर–गराएर! अशक्त अवस्थामा चिकित्सक बोलाएर। उपचार गृह– अस्पताल गएर। एवं प्रकारले चेतन तत्त्व शरीर नै धन मानिएको छ। धन भन्नु मात्र भौतिक शरीर। निधन भन्नु मरण। हाम्रो देहभित्रको चेतन धन तत्त्व रहेछ। झलझलाकार हुन थालिरहेछ– श्वासप्रश्वाससित! सायद, मृत्युञ्जय श्रावण मन्त्र यो!
हरित क्रान्तिका चाड मास– श्रावणको विश्लेषण गर्दै उन्मुक्त उडान भर्न पुगेछु। हरित क्रान्तिका मास मनाउँदा मनाउँदै सँघारैमा दुई तीन चाडले अँगाल्न पुग्यो। रोपाईं पर्व दैलै टेक्न पुगेछ। खेती कृषिप्रधान मेरो, खेत–कान्लाका अलि छाट्नु छँदै थियो। खेत खन्नु, हलो जोत्नु, खेत सम्याउने बाउसे साधन लाउनु थियो। तन्नेरी पाखुरा–पाखुरी उचाल्न लाउनु छँदै थियो। बेला मौकामा उचालेको आफ्नै कुम–पाखुरा–पाखुरी सम्झन्छु घरिघरि! कठैबरा भन्छु आफ्नै सुस्केरा सितै।
मन गए नि तन सर्दो छैन। सुस्केरीसित हुइय्य हुइय्य मात्र यो घडी। कठैबरा कठै...! रोपाई पर्व। जे होस् रोपाई पर्व हरित क्रान्तिको चाड देशैलाई हरियो–भरियो तुल्याउने। हरित क्रान्ति कै मासै त हो असार–श्रावण! असारलाई डोर्याउँछ श्रावण। श्रावणकै अनुशरण गर्छ आषाढ! अन्योन्याश्रित छन्– यी आपसमा।
खै ? मानिस भनाउँदा जन्तुले सिके जानेका शाश्वत प्रकृतिबाट। खै ? हाम्रा छोराछोरीलाई मातृभूमिलाई हराभरा पार्दै, खाने मुलुकी सम्पत्ति बन्दकी राखी विदेश पठाउने नगरेको... ? खोई हाम्रा लोकतान्त्रिक स्पष्ट बोली नबुझ्ने सरकार सुकर्मयोगी बनेको ? खोई देशका सुकर्मयोगी राष्ट्रका सुपुत्र–सुपुत्रीहरूका कर्मठ जोश, जाँगर भरिपूर्ण पाखुरीहरूलाई मातृभूमिमा हरित क्रान्तिका चाडमास– श्रावणको महिमा गर्ने प्रेरणा भर्न सकेको ?
हरियाली जीवनकै सौरभ पक्कै पनि रहेकै छ, श्रृष्टिकै सौजन्य ! हरित क्रान्तिका चाड त्यसैले सर्वकालिक जीवन पर्व रहेकै छ। यसो भन्नुमा न अतिसयोत्ति न त अत्युत्ति नै हुँदो हो।
चित्तले तन्नेरी; शरीरले वयोवृद्ध चेतले विप्रेषणकै लालसाले प्रलोभित पारेरै राष्ट्रका फाँटहरू बाँझिएका हुन् ? या त तन्नेरा–तन्नेरी छोरा–छोरी कफिनमा (बाकसमा लास बनी) निस्वासमा लम्पटपरी कुल बान्धवका आँसु अध्र्य पाउन प्रवेश पाउने परिणति पाइरहने भाग्यका कात्रो शिरमा बाँधिनु पर्दो हो ? हरित क्रान्तिका चाड मास श्रावणको बिश्लेषण मधुमासबाट वियोग विगुल बज्न पुगिरैछ...! हरि बियोग!
हरित क्रान्तिका चाड मास श्रावणमै तीन प्रमुख चाड–पर्वका मेला लाग्यो। प्रायः रोपाइँ– हिलेजात्रा यसपालि श्रावणमै जुर्यो। मौसमी परिवर्तन जलवायु परिवर्तन यसका द्योतक बन्यो। कसैको दया चल्दो भएन। प्रभो! मात्र अजश्र बग्दो नेपालको तरल धन सदुपयोग– सिँचाइनिमित्त। बागडोर हातमा पारे नि प्रकृति, पर्यावरण पर्दो रहेन छ! दैवको लीला अपरम्पार! रोपाईं मेलाले खेत, बारी, कान्ला हरित क्रान्तिकै मेला रहेको छ।
श्रावणमै मनाइएको घण्टाकर्ण÷गाथामगः चाडपर्व पनि हरित क्रान्तिको पृष्ठपोषक रहेको देख्छु। धानका बाला साँझ– राति कीराले नाश गर्न नपाउन्। त्यसैले साँझ झिसमिसे तिर भक्तपुरमा भित्र नर्कटका हरियो मुट्ठाहरूका हाडझैं तगडा आधार स्तम्भ खडा गरी बाहिर छ्वालीका मुट्ठा बेरी घण्टाकर्ण बनाइन्छ। नाङ्ग्लोमा कमेरो पोतेर बनाइएको मुकुण्डोको माथि काला हाँडीको शिर जडेर विशाल मूर्ति बनाइन्छ। साँझपख धान खेतहरूबीच एक टुक्रा जमीन अथवा बाटोमा पोलिन्छ। कीरा मार्ने उपचार बन्छ यो। कीरा आगोको ज्वालामा डढी निर्मूल हुन्छ। संंस्कार, संस्कृतिसित लेसिएको अन्तरचेत यस्तै छ। मात्र सूक्ष्म संश्लेषण चाहिँदो छ। हरित क्रान्तिको परिबेश यस्तै!
जता हेर्यो उतै हरियो! दृष्टिपातै हरियो परियो! हरियो हेराई जीवनै हरियो। हरियो जीवन तन्नेरी यौवन! संसारै तन्नेरी। विश्व तन्नेरी पार्न काँचुली फेर्छौं।
श्रावण मास प्राकृत परिबेशले नै हराभरा। रुख–विरुवा, पहाड–पर्वत उस्तै मगनमस्त हरियै हरियो! प्राकृतिक परिबेशसित घुलमिल र आत्मसात हुन, चेतन सौक बन्छ। हाम्रा पूर्वीय दर्शनले मग्मगिएका नारी समाज–समुदाय यस्ता प्राकृत धर्माचरणमा रम्दै आएका छन्। बंशानुगत परम्परामा रम्दै मगनमस्त बन्नु, हाम्रा नारी समाजकै शाश्वत स्वभाव बनेको छ। अतः श्रावणको पहिलो दिनदेखि पूरा महिनाभर हरिया पहिरन, चुरा, पोते, पालिस ग्रहण गर्छन्।
हरियाली जीवनकै सौरभ पक्कै पनि रहेकै छ, श्रृष्टिकै सौजन्य! हरिया सागपात स्वस्थकर भोजन आहार पक्कै पनि हो। चिकित्सक, डाक्टर, कविराज, वैद्य हराभरा, सागसब्जी खान सल्लाह सुझाउँछन्। हरित क्रान्तिका चाड त्यसैले सर्वकालिक जीवन पर्व रहेकै छ। यसो भन्नुमा न अतिसयोक्ति न त अत्युक्ति नै हुँदो हो। लाग्छ यो त शाश्वत सत्य रहे, बनेको छ।
भक्तपुरमा त श्रावण मास– श्रावण त श्रृष्टि र सृजनशीलताकै कर्मठ योग समयाबधि नै मानिन्छ। नवदुर्गा भवानी, अष्टमातृका गणका सुन्दर, कलात्मक, मनै बहलाउँदो मुकुण्डो कलाकृति निर्माण मासै मानिएका छन्। भक्तपुरबासी यहाँबाट विभिन्न कालखण्डमा राजनीतिक, सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक, पारिवारिक झमेला आदिका कारण निर्वासनमा गएका थिए। क्रमभंग नभई रुपान्तर जारी छ। उसबेला स्वदेशभित्रै जन्मथलोबाट अरू अरू नेपाली भू–भागहरूमा स्थानान्तरण भएथे। अहिले स्वदेशबाट अन्य समृद्ध, वैज्ञानिक, उद्यमशील विकसित विश्वका अनेक मुलुकमा स्थानान्तरण भइरहेको आँखैदेखि साक्षी छ। परम्परागत तवरले श्रावण मासभरी मनाइने हरित क्रान्तिका चाड देशका मात्र सीमित रहेन वर्तमानमा। विश्वव्यापीकरण भैसकेको छ।
यही निकट भूतमै युरोप, अष्ट्रेलिया, अमेरिका महादेशहरूमा लागेका हरियो बन विश्व धन–सम्पदामा डढेलो लागे। त्यहाँ बसोबास आश्रित बन्य प्राणि अल्याख डढेर विश्व पर्यावरणमै नकारात्मक प्रभाव परेको छ। यी घटनाक्रम हाम्रै हरित क्रान्तिका चाडमास– श्रावणकै यामको हो। समबेदना नै नेपाली जनजीवनको हार्दिकता!