नगद लुटपाट भएको भनी झुटो सूचना दिने व्यक्ति पक्राउ

नगद लुटपाट भएको भनी झुटो सूचना दिने व्यक्ति पक्राउ

महोत्तरी : बैंकमा जम्मा गर्न दिएको रकम हजम गर्ने उद्देश्यले प्रहरीलाई गलत सुचना प्रवाह गर्ने एक व्यक्तिलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामगोपालपुर नगरपालिका ७ का ३६ वर्षीय अरुण चौधरी रहेका छन्।

साउन १३ गते साँझको समयमा  गौशला न.पा.२ रेडक्रस नजिक अज्ञात व्यक्तिले आफूसँग रहेको ५ लाख रुपैयाँ लुटेको भन्दै अरुण चौधरीले प्रहरीलाई गलत सुचना दिएका थिए। सोही सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गौशालाबाट सुक्ष्म अनुसन्धान गरी प्राप्त भएको सिसिटिभी फुटेजहरु, सो वारदात स्थानको सडक हुँदै आवतजावत गर्ने स्थानीयसँगको सोधपुछ तथा पीडित भनिएका अरुण चौधरीसँग समेत सोधपुछ गर्दा सो रहस्य खुलासा भएको हो।

प्रहरी स्रोतका अनुसार अरुण चौधरीलाई उनका भाइ अनिल चौधरीले खातामा जम्मा गर्नका लागि ५ लाख नगद दिएको थियो। अनिलले सो रकम भाइको खातामा जम्मा नगरी आफैँले तिघ्रामा चक्कु प्रहारसमेत गरेर पैसा हजम गर्न खोजेको रहस्य सार्वजानिक भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

भाइले दिएको ५ लाख रकममध्ये अरुणले सरपल्लोकी चाँदनी देवीलाई  १ लाख ५६ हजार सापटी फिर्ता, ४९ हजार मनि ट्रान्सफरमा काम चलाउँदै गर्नु भनी श्रीमतीलाई छाडेको र बाँकी २ लाख ९५ हजार रकम मनी ट्रान्सफरको फण्डमा जम्मा गरेको अनुसन्धानको क्रममा प्रहरीले तथ्य फेला पारेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए।

प्रदेश २–०२–००४ प.३३४७ न.को मोटरसाइकलमा सवार अरुण चौधरीले नं. प्लेट नखूलेको मोटरसाइकलमा आएका अपरिचित ३ जना मानिसहरुले मोटरसाइकलले बाटो छेकी छुरा प्रहार गरी घाइते बनाएर आफूले पछाडी भिरेको कालो रंगको झोला खोसी लगेको भन्दै प्रहरीमा उजुरी गरेका थिए। त्यस्तै सो झोलामा रहेको भाइ अनिल चौधरीले आफ्नो खातामा जम्मा गर्न भनी पठाएको नगद रु. ५ लाख लुटिएको भन्दै ईलाका प्रहरी कार्यालय गौशालामा बयान दिएका थिए।

पक्राउ परेका अरुण चौधरीउपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.