सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटरको व्यवस्थापन गरिने

सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटरको व्यवस्थापन गरिने

महोत्तरी : बर्दिबासस्थित सर्पदंश उपचार केन्द्रलाई व्यवस्थित बनाउनका लागि यहाँबाट नेतृत्व गर्ने जनप्रतिनिधीहरू अगाडि बढेका छन्। गएराति सर्पदंशका कारण घाइते भएका वर्दिवास नगरपालिका-४ का युवराज श्रेष्ठको सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटरको अभावमा मृत्यु भएपछि जनप्रतिनिधीहरूको ध्यानाकर्षण भएको हो।  

प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री गिरीराजमणि पोखरेल र मधेश प्रदेशकी प्रदेशसभा सदस्य शारदादेवी थापाले बर्दिबासस्थित सर्पदंश उपचार केन्द्रलाई व्यवस्थित बनाउनका लागि तत्परता देखाएका छन्।

आइतबार अन्नपूर्णपोष्ट्सँग कुराकानी गर्दै पूर्वस्वास्थ्यमन्त्री समेत रहेका गिरीराजमणि पोखरेलले संघीय सरकारको स्वास्थ्य सेवा विभागको पहलमा सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटरको व्यवस्थापनमा जुटेको बताएका छन्।

महोत्तरी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य समेत रहेका नेता पोखरेलले भने, 'भेन्टिलेटरको अभावमा बर्दिबासस्थित सर्पदंश उपचार केन्द्रमा सर्पको टोकाइबाट घाइते भएका बिरामीहरूको उपचारमा समस्या भइरहेको छ। बर्दिबासक्षेत्रको समग्र स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन भेन्टिलेटरको आवश्यक रहेको छ। सर्पदंशबाट नागरिकहरूले ज्यान गुमाएको घटना सुन्दा आफूलाई पनि दुःख लागिरहेको छ। यसप्रति म संवेदनशील छु।'  

यसभन्दा अगाडि पनि सर्पदंश उपचार केन्द्रलाई व्यवस्थित बनाउन लागिपरेको जानकारी दिँदै नेता पोखरलले भने, 'यसभन्दा अगाडि पनि धुलिखेल अस्पतालसँगको समन्वयमा बर्दिबासमा निर्माण भएको १५ सैय्याको अस्पताललाई व्यवस्थित गर्ने तयारीमा रहेका थियौं। तत्काल कोरोनाको कारण सो व्यवस्थापन गर्नका असफल भएको थियौं। अब पुनः सो अस्पताललाई व्यवस्थिततर्फ लाग्नेछु।'

मधेश प्रदेशसभा सदस्य शारदादेवी थापाले बर्दिबासस्थित सर्प दंश उपचार केन्द्रमा भेन्टिलेटर खरिदका लागि आवश्यक बजेट छुट्टयाउने बताएकी छिन्। उनले आर्थिक वर्ष २०७९/८० को संसदीय विकास कोषबाट भेन्टिलेटर खरिदका लागि रकम छुट्टयाउने बताएकी हुन्। भेन्टिलेटर खरिदका लागि जति बजेट चाहिन्छ सोही अनुसार बजेट छुट्टयाउने उनको भनाइ छ।  '२५ देखि ३५ लाखसम्म भेन्टिलेटर खरिद गर्न बजेट चाहिन्छ भन्ने कुरा सुनेको छु, जति बजेट लाग्छ त्यति दिन म तयार छु।'

विषालु सर्पको राजधानी बर्दिबास

विषालु सर्पको राजधानी भनेर महोत्तरीको बर्दिबासलाई चिनिने गरिन्छ। गर्मी एवम् वर्षायाममा यस क्षेत्रमा विषालु सर्प गोमन, करेतको विगविगी हुँदै आएको छ। जसको कारण सर्प टोकाइका कारण बर्सेनि यसक्षेत्रका कैयौंले ज्यान गुमाउनुपर्ने बाध्यता रहेको छ। यहाँ सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएपनि भरपर्दो उपचारको व्यवस्थापन हुन सकेको छैन। आवश्यक मात्रामा दक्ष जनशक्ति एवम् प्रविधिको व्यवस्थापन नहुँदा स्थानियहरू समय समयमा आक्रोशित हुँदै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.