बर्दिबासको जिम सेन्टरमा आगलागी, ९० लाखको क्षति

बर्दिबासको जिम सेन्टरमा आगलागी, ९० लाखको क्षति

महोत्तरी : बर्दिबासको जिमसेन्टरमा भएको आगलागीका कारण लाखौंको क्षति भएको छ। बर्दिबास चोकमा स्थानीय अभिषेक झाले सञ्चालनमा ल्याएको ३६५ फिटनेश जिम सेन्टरमा अचानक विद्युत सर्ट भई आगालगी भएको हो।

आगलागीबाट ९० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ। आगलागीले जिम सेन्टरमा रहेको ट्रस, जिमको सामग्रीहरु जलेको छ। मानवीय क्षति भने नभएको प्रहरी नायव उपरीक्षक रवि रावलले बताए।

आफूहरूले खबर पाउनासाथ तत्कालै जनपद प्रहरी, सशस्त्र प्रहरी, वारुणयन्त्र र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिनका लागि सफल भएको प्रहरी नायव उपरीक्षक रावलले बताए।

आगलागी भएको सो भवनको बीचको तल्लामा सिद्धार्थ बैंकको शाखा सञ्चालनमा रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.