सलमान खानलाई बन्दुक बोक्ने अनुमति

सलमान खानलाई बन्दुक बोक्ने अनुमति

मुम्बई : ज्यान मार्ने धम्कीपछि बलिउड अभिनेता सलमान खानले हतियार राख्ने अनुमति पाएका छन्। केही समयअघि अभिनेता खानलाई ज्यान मार्ने धम्की आएपछि प्रहरीमा निवेदन दिएका थिए। त्यसलगत्तै उनको सुरक्षा प्रबन्ध कसिलो बनाइएको थियो। 

सलमानले बन्दुक राख्ने इजाजतका लागि निवेदन दिइएको र त्यस सम्बन्धमा मुम्बई प्रहरी प्रमुख विवेक फणसालकरसँग छलफलसमेत भएको बलिउड हंगामाले जनाएको छ।

प्रहरीले सलमानमाथिको 'थ्रेट'लाई अनुसन्धान गर्दा तथ्यसहितको प्रमाण भेटिएपछि प्रशासनले उनलाई बन्दुक बोक्ने इजाजत दिएको हो। सलमानले आफ्नो निजी गाडीलाई पनि बुलेट प्रुफ बनाएको छ। 

लारेन्स बिश्नोई समूहले सलमानलाई ज्यान मार्ने धम्की दिएको प्रहरीले निष्कर्ष निकालेको छ। केही समयअघि पञ्जाबका गायक सिद्धु मुसेवालाको गोली हानी हत्या गरिएको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.