म्याग्दीमा पहिरो, परिवारै सखाप

म्याग्दीमा पहिरो, परिवारै सखाप

बेनी : म्याग्दीको मालिका गाउँपालिका–२ रुम तामिङमा मंगलबार बिहान पहिरो जाँदा एउटा परिवारका सबै सदस्यले ज्यान गुमाएका छन्। 

तामिङका ३७ वर्षीय घामबहादुर बिककी श्रीमती, दुई छोरा र एक छोरीको पहिरोमा पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। डिएसपी तिलक भारतीले दूई जनाको बिहानै र तीन जनाको दिउँसो शव भेटिएको जानकारी दिए। 

‘घामबहादुर, उनकी श्रीमती ३२ वर्षीया राममाया बिक र ८ वर्षीया छोरी रोजीको शव स्थानीयबासी र प्रहरीको टोलीले पहिरोमा भेटेको हो’, उनले भने, ‘घामबहादुरका छोराहरु १३ वर्षका राजन र १५ वर्षका नविन बिहानै मृत भेटिएका थिए।’ 

मृतक सबै एकै परिवारका भएका स्थानीयबासी गिता बुढाथोकीले बताइन्। ‘बिहान करिब ५ बजे सुतिरहेको अवस्थामा पाखोबाट आएको पहिरोले घामबहादुरको घर पुरेको थियो’, उनले भनिन्। पहिरोमा भाग्ने क्रममा गोठे बिक र उनकी श्रीमती गोरी बिक घाइते भएका छन्। 

स्वास्थ्य अवस्था सामान्य रहेका उनीहरुको रुम स्वास्थ्य चौकीमा उपचार गरिएको छ। पहिरोमा घामबहादुरको दुई वटा खच्चर मरेका छन्। गोठमा जिवितै रहेको एउटा भैंसीलाई गाउँलेले अन्यत्र सारिदिएका छन्।

घटनास्थल तामिङ गाउँ रुमको फेदीमा पर्छ। निरन्तर वर्षाका कारण सडक अवरुद्ध भएकाले दरवाङबाट प्रहरी र उद्दारकर्ताको टोली घटनास्थल पुग्न समस्या भएको थियो। वर्षासँगैको पहिरोले संरचनामा क्षति पुगेकाले विद्युत आपुर्ति बन्द भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.