भेरीको शिक्षण अस्पताल बन्ने सपना अधुरो

भेरीको शिक्षण अस्पताल बन्ने सपना अधुरो

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जले गत बिहीबार १३२औं वार्षिकोत्सव मनायो। काठमाडौंको वीर अस्पतालसँगै १९४७ सालमा पृथ्वी–वीर डिस्पेन्सरीको नाममा भेरी अस्पतालको स्थापना भएको थियो। वीरलाई जस्तै भेरी अस्पताललाई शिक्षण अस्पताल बनाउन माग गर्न थालेको पनि डेढ दशक नाघ्यो। 

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. श्यामसुन्दर यादवले भेरी अस्पतालको १३२ औं वार्षिकोत्सवमा भनेका थिए, ‘२०६४ सालमा शिक्षण अस्पताल बनाउन बजेटको जोहो पनि भइसकेको थियो। डब्लूएचओ र वल्र्ड बैंकका प्रतिनिधि र इङल्याण्डका मन्त्रीले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका थिए। तत्कालीन शिक्षामन्त्रीले भेरी अस्पतालका लागि भनिएको बजेटबाट पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाए। भेरीको सपना पूरा हुन पाएन।’

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्टदेखि अस्पताल विकास समितिका अध्यक्ष भइसकेका डा. यादव शिक्षण अस्पताल बनाउन सानोतिनो पहलबाट नहुने अनुभव बताउँछन्। भेरी अस्पतालको १३१औं वार्षिकोत्सव समारोहका प्रमुख वक्ता बनेका स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले पनि शिक्षण अस्पताल बनाउन आफूले पहल गर्ने बताएका थिए। भेरी अस्पताल विकास समितिको टोलीले मन्त्रालयमा शिक्षण अस्पताल बनाउनुपर्ने मागसहितको ज्ञापनपत्र पनि बुझाएको थियो तर कुनै पहल भएन। 

वार्षिकोत्सवका प्रमुख वक्ता संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले शिक्षण अस्पताल बनाउने भनेर नामै किटेर भनेनन्। कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य अशोक कोइराला, एमाले बाँकेका सचिव रत्न खत्री, अधिवक्ता तथा नेपालगन्जका पूर्वनगर प्रमुख विजयकुमार गुुप्ता, अस्पतालका पूर्वमेसु डा. वीरेन्द्रबहादुर चन्दले भेरी अस्पताललाई शिक्षण अस्पतालकै रुपमा विकास गर्न राज्यमन्त्री केसीलाई ध्यानाकर्षण गरे। 

भेरी अस्पताल विकास समितिका सदस्य धनराम ओलीका अनुसार ५०० शड्ढयाको केन्द्रीय विशिष्ठीकृत अस्पतालको मान्यता पाए पनि भेरीमा जनशक्तिको अभावमा अहिले १५० शड्ढया मात्रै सञ्चालित छ। नेपाल सरकारको स्वीकृत दरबन्दीमा १०० शड्ढया र भेरी अस्पताल विकास समितिबाट ५० शड्ढया सञ्चालन भइरहेको छ। कोरोनाकालमा भने भेरीले ३०० जनाको उपचार गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. बद्री चापागाईंले जिकिर गरे। 

अस्पतालमा नेपाल सरकारको स्वीकृत दरबन्दीमा १९३ जना कर्मचारी हुनुपर्नेमा १७५ जना मात्र कार्यरत छन् तर अस्पताल विकास समिति, विभिन्न कार्यक्रमअन्तर्गत गरी झन्डै ४०० कर्मचारी कार्यरत छन्। जसमा ६४ जना चिकित्सक छन्। प्रमुख मेडिकल सुपरिटेण्डेन्ट चापागाईंले भने, 
‘तीन सय शड्ढयाको नयाँ भवन निर्माणको अन्तिम अवस्थामा छ। पुरानो भवनमा २०० शैया पुर्‍याएर भेरीलाई चाँडै ५०० शड्ढयाकै अस्पतालका रुपमा सञ्चालन गर्ने तयारी भइरहेको छ।’ 
१३२औं वार्षिकोत्सवको अवसरमा अस्पतालले २५ वर्ष सेवा गर्ने कर्मचारी, अस्पताल विकास समितिका पूर्वअध्यक्षहरू, अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेण्ट, विभिन्न प्रतियोगिताका विजेता खेलाडीलाई सम्मान गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.