एसपीपीबारे अमेरिकालाई पठाइएको पत्र एकपक्षीय रुपमा सार्वजनिक गर्न मिल्दैन : परराष्ट्र मन्त्रालय

एसपीपीबारे अमेरिकालाई पठाइएको पत्र एकपक्षीय रुपमा सार्वजनिक गर्न मिल्दैन : परराष्ट्र मन्त्रालय

काठमाडौं  :परराष्ट्र मन्त्रालयले अमेरिकी स्टेट पाटर्नसीप प्रोग्राम (एसपीपी) रद्ध गरिएको पत्र अमेरिकालाई पठाइएको प्रति कुनै शंका नगर्न आग्रह गरेको छ  ।

मन्त्रालयले पत्र पठाइएको बारे परराष्ट्रमन्त्री डा. नारायण खड्का स्वयंले संसद‍्मा जानकारी गराइसकेको विषय भएकाले यस बारेमा कुनै शंका नगर्न आग्रह गरेको हो ।

शुक्रबार भएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले कुटनीतिक पत्र एक तर्फीरूपले सार्वजनिक गर्न नहुने बताइन् । संसदीय समितिमा अमेरिकालाई पठाइएको पत्र सार्वजनिक हुनुपर्ने बहस चलिरहेको बेला प्रवक्ता लम्सालले अन्तर्राष्ट्रिय कुटनीतिक मामिलाका विषयमा एकपक्षीय ढंगले पत्रहरू सार्वजनिक गर्न नमिल्ने दाबी गरिन् । 

बिहीबार संसदीय समितिले सरकारले एसपीपी रद्ध गरेको भनिएको अमेरिकी सरकारलाई पठाएको पत्रको प्रतिलिपीसहित उपस्थित हुन सरकारलाई निर्देशन दिएको थियो।

संसदको राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिले परराष्ट्रमन्त्री नारायण खड्का, कार्यवाहक प्रधानसेनापति, रक्षा सचिवलाई उपस्थित हुन निर्देशन दिएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.