दृष्टिविहिनका लागि छात्रबास निर्माण

दृष्टिविहिनका लागि छात्रबास निर्माण

धनगढी : धनगढीको पञ्चोदय माविका दृष्टिविहिनका लागि छात्रबास निर्माण भएको छ। धनगढीको च्यारिटी हेल्थ फाउन्डेशन र नर्वेको ईन्फील फाउन्डेशनले भवन निर्माण गरेको हो। छात्रबासमा ५० जना दृष्टिविहिन छात्रछात्रा बस्न मिल्नेछ। 

शुक्रबार च्यारिटी हेल्थ फाउन्डेशनका अध्यक्ष तथा वरिष्ठ नेत्ररोग विषेशज्ञ डाक्टर विद्या प्रसाद पन्तले १२ वटा सयन कक्ष र एउटा हल भएको उक्त भवन विद्यालयलाई हस्तान्तरण गरे। सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोविन्द बोहराको प्रमुख आथित्यमा आयोजना गरिएको कार्यक्रममा छात्रबास भवन विद्यालयलाई हस्तान्तरण गरिएको हो।

भवन निर्माणमा एक करोड ४७ लाख रकम लागेको च्यारिटी हेल्थ फाउन्डेशनका अध्यक्ष डाक्टर पन्तले बताए। उनले  भवन निर्माणका लागि १ लाख २० हजार डलर नर्वेको ईन्फील फाउन्डेशनले र अरू केही रकम अमेरिकाका डाक्टर पन्तका साथीहरूले सहयोग गरेका थिए।

ईन्फील फाउन्डेशन नर्वेको एक दम्पतिले चलाएका हुन। श्रीमान् फिन ली र श्रीमती ईन्गर ली ले यो फाउन्डेशन चलाएका हुन। दुवैले आफ्नो सम्पति बेचेर बनाएको यस फाउन्डेशनले गेटामा रहेको आँखा अस्पताललाई सन् १९८२ देखि २०१६ सम्म ३४ वर्ष आर्थिक सहयोग गर्दै आएको थियो।

गेटा आँखा अस्पतालका माध्यमबाट यस फाउन्डेशनको रकमले लाखौं नेपालीहरूले निःशुल्क आँखाको सल्यक्रिया गरी संसार देखेका छन। ली दम्पत्तीको मृत्यु भइसकेको छ। अहिले उनका छोरा सिवाईन ली र छोरी अन्ना कारिना लिले यो फाउन्डेशन चलाइरहेका छन। उनीहरूले दृष्टिविना संसार छैन भन्ने मान्यताका आधारमा उनीहरू माथि लगानी गर्दै आएका छन।   

फाउन्डेशनको आर्थिक सहयोगमा च्यारिटी हेल्थ फाउन्डेशनले निर्माण गरेको छात्रबासका सबै शयन कक्षमा पलङ र मेटरेश समेत लगाइएका छन। धनगढीमा रहेको पञ्चोलय माविको परिषरभित्रै छुट्टै पर्खाल हालेर छात्रबास भवन बनाइएको छ। 

'यसअघि २०/२५ जना विद्यार्थीले मात्रै बस्न मिल्ने छात्राबास थियो त्यो पनि चुहीने अवस्थामा थियो। यस भवनमा ५० जति दृष्टिविहिनलाई राख्न सकिनेछ, यसले धेरै सहज भयो', पञ्चोदय माविका प्रधानाध्यापक हरिश प्रसाद ओझाले भने।

२०४० सालदेखि विद्यालयमा विशेष कक्षाहरू सञ्चालन भइरहेका छन। अहिलेसम्म विद्यालयबाट ५६ दृष्टिविहिनले माध्यमिक शिक्षा पास गरिसकेका छन भने ती मध्ये १५ जनाले स्नातकोत्तर पास गरिसकेका छन। एसईई पास गरेका ५६ जनामध्ये १८ जना रोजगारमा पनि लागेका विद्यालयले जनाएको छ।

'ली को परिवार दृष्टीविहिन भनेपछि लगानी गर्छ, पञ्चोदय माविमा छात्रबास जिर्ण थियो, मैले ईन्फील फाउन्डेशनलाई यसको बारेमा जानकारी गराए, उनले एक लाख २० हजार डलर सहयाग गरे। यसमा एक करोड ४७ लगानी भएको छ। अझै केही काम बाँकी छ। तर ईस्टीमट हुँदा करिब ढाई करोडको बनाइएको थियो', च्यारिटि फाउन्डेशनका अध्यक्ष डाक्टर विद्या प्रसाद पन्तले भने।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.