सिट बाँडफाँट गर्न गठबन्धनमा कार्यदल, धरातल हेरेर दाबी गर्न कांग्रेसको आग्रह

सिट बाँडफाँट गर्न गठबन्धनमा कार्यदल, धरातल हेरेर दाबी गर्न कांग्रेसको आग्रह

काठमाडौं : सत्ता गठबन्धनले साउनभित्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सिट बाँडफाँटको खाका तयार गर्न कार्यदल गठन गरेको छ। बालुवाटारमा शुक्रबार बसेको सत्ता गठबन्धनको बैठकले चुनावी तालमेलसहित सिट बाँडफाँट गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो।

कार्यदलमा कांग्रेसबाट ३ जना र अन्य दलबाट २–२ जनाको प्रतिनिधित्व रहने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। कांग्रेसबाट कार्कीसहित कृष्णप्रसाद सिटौला र महामन्त्री गगन थापा कार्यदलका सदस्य तोकिएका छन्। माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र वर्षमान पुनलाई राखिएको छ। नेकपा एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र उपाध्यक्ष प्रमेश हमाल छन्। जसपाबाट रामसहाय यादव र रकम चेम्जोङ, तथा राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी र आनन्द शर्मा सदस्य छन्।

सरकारले बिहीबारमात्रै आगामी ४ मंसिरका लागि प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकेको थियो। प्रतिनिधिसभामा १ सय ६५ र प्रदेशसभामा ३ सय ३० सिट छन्। गठबन्धनभित्र अब सिट बाँडफाँटका विषयले अब स्थान पाउनेछन्। गठबन्धनभित्रै पनि सबै सिटमा गठबन्धन गरेर जाने नजाने भन्नेबारे सहमति भइसकेको छैन।

सिटको बाँडफाँट हरेक निर्वाचन क्षेत्रको धरातलीय यथार्थका आधारमा हुने कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बताउँछन्। ‘सिट बाँडफाँटका विषयमा अब बल्ल छलफल सुरु हुन्छ। सिट बाँडफाँट गर्दा हरेक निर्वाचन क्षेत्रको अवस्था, विगतको मत र अहिले कसले चुनाव जित्न सक्छ भन्ने परिस्थितिको समीक्षा हुन्छ। जुन स्थानमा जसको माहोल राम्रो छ उसैलाई टिकट दिनुपर्छ।’ पौडेल भन्छन्।

पौडेलले पाँचदलीय गठबन्धनभित्र वाम गठबन्धनको अर्थ नभएको बताए। उनले भने, ‘गठबन्धनभित्रको वाम गठबन्धन केको लागि हो ? त्यस्तो गठबन्धनको औचित्य छैन। वाम मोर्चा के को लागि ? कांग्रेससँग लड्ने कि ओलीजीसँग लड्नको लागि ? अहिलेसम्मको सहमतिअनुसार पाँच दलको गठबन्धन मात्र हो। अरू मलाई थाहा छैन।’

धरातल हेरेर दाबी गर्न पनि नेता पौडेल बताउँछन्। ‘कांग्रेसले मात्र जित्न सक्ने सिट एक सय छ। ती ठाउँमा अन्य दलका साथीहरूलाई उठाउन मिल्दैन। अहिलेको चुनाव परिणाममा केन्द्रित हुन्छ।’ नेता पौडेलले भने।

नेताहरू सिट बाँडफाँटका लागि ढाँचा बनाउनै सकस पर्ने बताउँछन्। यसअघि प्रत्यक्षमा आफूले जितेका क्षेत्र सुरक्षित राखेर एमालेले जितेका स्थानमा भागबन्डा गर्नुपर्ने विषय उठे पनि सबै ठाउँमा यो ढाँचा काम नलाग्ने कांग्रेसका अर्का एक कांग्रेसले एक सय सिट र अन्य दलले ८० देखि ८५ सिट दाबी गर्ने गठबन्धनभित्रको तयारी छ।

गठबन्धनभित्रकै प्रमुख दल नेपाली कांग्रेसको टिकट बाँडफाँटका लागि केन्द्रीय संसदीय समिति २५ सदस्यीय हुन्छ। पार्टीको केन्द्रीय कार्यसमितिका सभापति केन्द्रीय संसदीय समितिका सभापति र महामन्त्री केन्द्रीय संसदीय समितिको महामन्त्री हुन्छन्। यस्तै केन्द्रीय कार्यसमितिका पदाधिकारी केन्द्रीय संसदीय समितिका पदेन सदस्य हुन्छन्।

संसदीय समिति गठन गर्दा सभापतिले केन्द्रीय सदस्यमध्येबाट ११ जनालाई सदस्यका रूपमा प्रस्ताव गर्छन्। विधानअनुसार संसदीय दलको नेता संसदीय समितिको पदेन सदस्य हुन्छ। कांग्रेसले गत वैशाख ११ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट केन्द्रीय संसदीय समिति गठन गरेको थियो। टिकट वितरणका लागि संसदीय कार्यसम्पादन समिति गठन गरेको थियो। जसमा सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ जना सहमहामन्त्री र वरिष्ठ नेता पौडेल पर्दछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.