नगरभरिका सहकारी संस्थालाई नियमन गरि सञ्चालन गरिने : नगरप्रमुख डा. महतो

नगरभरिका सहकारी संस्थालाई नियमन गरि सञ्चालन गरिने : नगरप्रमुख डा. महतो

महोत्तरी : नगरभरिमा सञ्चालित सहकारी संस्थालाई प्रक्रियागत रूपमा नियमन गरि सञ्चालन गरिने गौशाला नगरपालिकाका नगरप्रमुख डा. दिपेन्द्र महतोले बताएका छन्। शनिबार साना किसान सहकारी संस्था कान्तिबजारले आयोजना गरेको एक कार्यक्रमकाबीच नगरप्रमुख डा महतोले सो कुरा बताएका हुन्।

ग्रामिण भेगमा सञ्चालित यस्ता संस्थाहरू वित्तीय कारोवार गर्नका लागि सुलभ बनाउने भएकोले नगरलाई आर्थिक समुन्नतको पथमा उजागर गर्नका लागि समन्वयनकारी भूमिका निर्वाह गरिने नगरप्रमुख महतोले प्रतिवद्धता जनाएका छन्। 

पशु उपचारको लागि भेटनरी सेवा सञ्चालन गरि नगरको पश्चिमी भेगका किसानहरूको हकमा आफूले पहलकदमी गरिने महतोले धारणा राखेका छन्। त्यस्तै भिडियो एक्स-रे सेवाको लागि मेसिनको चाँडै नै बन्दोबस्त गरिने नगरप्रमुख महतोले बताएका छन्।

लामो समयदेखि अवरुद्ध रहेको सो स्थानमा भेटनरि सेवा सञ्चालनका लागि आफूले पहलकदमी गरिने वडा नं. १२ का वडाअध्यक्ष कुशेश्वर महतोले बताएका छन्। उनले सो व्यवस्थापनका निम्ति वडास्तरबाट १ लाख रकम उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन्।

सोहीबीच २० हजारभन्दा बढी रकम भएको १ सय ५ जना सेयरधनीलाई प्रमाणपत्र वितरण गरिएको हो। १ हजार १ सय २९ जना सेयर सदस्य रहेको सो संस्थाको यस वर्षको कूल नाफा २२ लाख २७ हजार ४ सय ८१ रुपैयाँ रहेको संस्थाका प्रबन्धक रामदयाल महतोले बताए।

आर्थिक वर्ष २०७२/०७३ मा सञ्चालनमा आएको सो संस्थाले एक वर्षमा ५३ वटा समूह गठन गरेको थियो। त्यस्तै २०७४/०७५ मा ९२, २०७५/०७६ मा १०१, २०७६/०७७ मा ११३, २०७७/०७८ मा १४३ र २०७८/०७९ मा २०५ वटा समूह सञ्चालनमा रहेको शाखा प्रबन्धक महतोले जानकारी दिएका छन्।

सो अवसरमा संस्थाले नगरप्रमुखलगायतका जनप्रतिनिधिलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.