राप्ती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट जडान

राप्ती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट जडान

दाङ : दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट जडान भएको छ। अस्पताललाई अक्सिजनमा आत्मनिर्भर बनाउन नेपाल रेडक्रस सोसाइटीको सहयोगमा ३ करोड लागतमा अक्सिजन प्लान्ट जडान गरिएको हो। कोरोना महामारीको समयमा अक्सिजन अभाव भएकाले थियो। अस्पतालमा समस्या भएको अवस्थामा अक्सिजन प्लान्ट जडानले भएसँगै सहज भएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा विनोद सिहले बताए। 

क्यानेडियन रेडक्रसले जापानिज रेडक्रसमार्फत राप्ती प्रादेशिक अस्पतालमा ३ करोड लगानीमा अक्सिजन प्लान्ट तयार गरिएको हो। अक्सिजन प्लान्ट जडान भएर आइतबारदेखि उत्पादन सुरु भएको छ। अस्पतालको आवश्यकता पूरा गरि व्यवसायिक रूपमा सञ्चालन गर्ने योजना रहेको अस्पतालले जनाएको छ। 

प्रतिमिनेट ६ लिटर उत्पादन गर्ने क्षमता रहेको प्लान्ट पूर्ण रूपमा सञ्चालन भएमा जिल्लाकै आवश्यकतालाई सहज बनाउने प्राविधिकहरूले बताएका छन््। २ घण्टामा आठवटा सिलिण्डर भर्न सक्ने क्षमताको प्लान्टले राप्ती प्रादेशिक अस्पताललाई आवश्यक पर्ने अक्सिजन आपूर्ति गर्नेछ भने बाँकी अक्सिजनलाई मागअनुसार बिक्रीगर्न सक्ने राप्ती प्रादेशिक अस्पतालका निमित्त मेसु सिंहले जानकारी दिए। 

अहिले राप्ती प्रादेशिक अस्पतालमा दैनिक ३० देखि ४० वटासम्म अक्सिजन सिलेण्डर आवश्यक पर्ने गरेको छ। तर कोरोना तथा अन्य महामारिको समयमा भने कति आवश्यक पर्ने हो भन्ने यकि नगर्न नसकिने अवस्था छ। कार्यक्रममा क्यानेडियन रेडक्रसका प्रतिनिधि लक्ष्मण क्षेत्रीले भक्तपुर र राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा यसप्रकारको अक्सिजन प्लान्ट उपलब्ध गराएको बताए।  

आइतबार अस्पताललाई हस्तान्तरण 
कोरोना भाइरस संक्रमणका बखत आवश्यक पर्ने अक्सिजन उत्पादन गर्ने उद्देश्यले प्लान्ट स्थापना गराइएको भएपनि झण्डै १ वर्षपछि हस्तान्तरण गरिएको छ। हस्तान्तरण कार्यक्रममा राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पद्म प्रसाद न्यौपानेले ५० बेडको अस्पताल गत २ वर्षदेखि कागजी रूपमा २ सय बेडमा स्तरोन्नति भएको बताए। त्यसकारणले पनि दक्ष जनशक्ति र प्राविधिक सामग्रीको आवश्यक्ता रहेको बताए। 

नेपाल रेडक्रस सोसाइटी दाङका सभापति नारायण आचार्यले क्यानडियन नागरिकले संकलन गरेको आर्थिक सहयोगले क्यानडियन रेडक्रसमार्फत अक्सिजन प्लान्ट नेपाल रेडक्रस सोसाइटीको प्रयासमा राप्ती प्रादेशिक अस्पतालमा उपलब्ध गराउन पाउँदा खुशी लागेको बताए। उनले यो पूर्ण रूपमा सदुपयोग हुने अपेक्षा गरे। 

कार्यक्रममा रेडक्रसका इन्जिनियर गोबिन्द उपाध्याय र मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति सुशील बस्नेतले मन्तव्य व्यक्त गरेका थिए। क्यानेडियन रेडक्रसको तर्फबाट लक्ष्मण क्षेत्री, नेपाल रेडक्रस दाङ शाखाका सभापति नारायण आचार्यले अक्सिजन प्लान्टको कागज र राप्ती प्रादेशिक अस्पतालको तर्फबाट अस्पताल विकास समितिका अध्यक्ष पद्म प्रसाद न्यौपाने र अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर बिनोद सिंहलाई हस्तान्तरण गरेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.