ट्हुरेको स्मृतिमा साँस्कृतिक कार्यक्रम
धरान : जन गायक जेबी ट्हुरेको स्मृतिमा धरानमा साँस्कृतिक कार्यक्रम आयोजना ह्ने भएको छ। टुहुरेको स्मृति दिवसको अवसर पारेर भदौ १० गते भान्चोकमा साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको हो।
जेबी टुहुरे फाउन्डेसनको आयोजनामा ह्न लागेको कार्यक्रममा एक दर्जन बढी कलाकारले ट्ह्रेका गीत गाउने टुहुरेकी छोरी एवं फाउन्डेसनकी अध्यक्ष निर्भिका ट्ह्रेले जानकारी दिइन्। २००१ साल भदौ १० गते धरानको प्रानो बजारमा जन्मिएका ट्ह्रेको जन्मदिन पारेर साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको फाउन्डेसनका सदस्य राजेश थापाले बताए।
कार्यक्रममा खड्गी समाज र धरान संगीत प्रतिष्ठानले संयोजनको भूमिका निर्वाह गर्ने भएका छन्। निरंक्श पञ्चायती व्यवस्थाविरुद्ध ‘आमा दिदी बैनी हो, कति बस्छौ दासी भै भन्ने गीत गाएर उनी चर्चामा आएका थिए।
कार्यक्रममा ट्ह्रेका सांस्कृतिक योगदान बारे प्रकाश पार्न्का साथै उनका वर्गीयम्क्ति आन्दोलनका गीतलाई नयाँ प्स्तामाझ परिचित गराउने, जनपक्षीय साँस्कृतिक आन्दोलनमा समर्पित कलाकारको हौसला बढाउन धरानमा कार्यक्रम आयोजना गर्न लागिएको फाउन्डेसनकी अध्यक्ष ट्ह्रेले जानकारी दिइन्।