एकैदिन एक हजार बढीमा कोरोना पुष्टि, दुईको मृत्यु
काठमाडौं : एकैदिन थप एक हजार ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घन्टामा देशभरबाट ६३०० नमूना परीक्षण गर्दा एक हजार ९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट २९५८ र एन्टिजेनबाट ३३४२ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ५६० र एन्टिजेनबाट ५३० नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।
आज कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ।
मन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप ४३८ जना कोरोनामुक्त भएका छन्।
हाल कोरोना सक्रिय संक्रमितको संख्या ५८०६ पुगेको छ।