चालकलाई सडकमै ट्राफिक नियम सिकाउँदै प्रहरी

चालकलाई सडकमै ट्राफिक नियम सिकाउँदै प्रहरी

कालिकोट : जिल्ला प्रहरी कार्यालय कालिकोटले ट्राफिक नियमको पालना तथा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना अभियान थालेको छ। कर्णाली राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि कार्यालयले आफ्नो माताहातका प्रहरी युनिटहरूलाई परिचालन गरी सचेतना दिन थालेको हो। 
  

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत अस्थायी प्रहरी पोष्ट हुल्मका इन्चार्ज तिलकबहादुर डाँगीको कमाण्डमा पाँच जनाको टोलीले कर्णाली राजमार्गको सुर्खेत जुम्ला सडकखण्डमा गुड्ने गाडीहरूलाई हुल्म बजारमा रोकेर सोमबार अभिमुखीकरण गरेको छ। 

कार्यालयका निमित्त प्रमुख इन्सपेक्टर सुभराज बमले कर्णाली राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालकहरूलाई सचेत बनाउने कार्य भइरहेको बताए। उनले भने, 'हामीले राजमार्गसँगै जोडिएका प्रहरी युनिटहरूलाई ट्राफिक नियम र सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना जोगाउने र गाँउ बस्तीमा रहेका प्रहरी युनिटहरूलाई विभिन्न सामाजिक विकृतिहरूका बिरुद्ध सचेतना जोगाउने अभियानमा सक्रिय बनाएका छौँ। यसले सामाजिक अपराध र दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।' 
  

प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेपछि समुदायमा हुने अपराध, घटना तथा सामाजिक विकृति नियन्त्रणमा स्थानीय नागरिकसमेत अग्रसर हुन थालेका छन्। प्रहरीले विद्यालयदेखि समुदायसम्म सचेतनामूलक कार्यक्रम गर्दा सामाजिक अपराधहरूमा कमी आउनुका साथै नागरिक र प्रहरीको सम्बन्धमा सुधार हुदै गएको छ। 
'हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी' भन्ने मूल नाराका साथ स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँगको साझेदारीमा नेपाल प्रहरीले जिल्लाका नौवटै स्थानीय तहमा विभिन्न सचेतनात्मक क्रियाकलापहरू सञ्चालन गरिरहेको छ। जसले समाजमा हुने घरेलु हिंसा, बाल विवाह, छाउपडी प्रथा, जातीय छुवाछुत, यौन हिंसा लगायतका सबै किसिमका सामाजिक अपराधहरू न्यूनीकरणका लागि सहयोग पुगेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.