शिवनाथले ल्याए ‘आदर्श पानाहरू’

शिवनाथले ल्याए ‘आदर्श पानाहरू’

काठमाडौं : आदर्श समाज तिलिङ्टार काठमाडौंद्वारा स्रष्टा शिवनाथ अधिकारीको तेस्रो पुस्तक ‘आदर्श पानाहरू’ निबन्ध संग्रह लोकार्पण गरिएको छ। तिलिङटार मावि धापासीमा आयोजित एक कार्यक्रमकाबीच निबन्ध संग्रह लोकार्पण गरिएको हो। 

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ, समाजका अध्यक्ष हरिहर खनाल, वरिष्ठ अर्थविद प्रा.डा. गोविन्द नेपाल, तिलिङटार माविका प्रधानाध्यापक सरोजकुमार पाण्डेले संयुक्त रुपमा पुस्तक लोकार्पण गरेका हुन्। 

कार्यक्रममा प्रतिष्ठानका उपकुलपति गुरुङले कास्कीको पचभैया थातथलो भएका शिवनाथ अधिकारी साँच्चिकै शिव अर्थात् कल्याणकारी भावनाका व्यक्ति भएको बताए। कृतिमा २१ वटा निबन्धका माध्यमबाट अधिकारीले आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन्।

‘पाँच वटा कर्मेन्द्रीय, पाँचवटा ज्ञानेन्द्रीय, पञ्चकोश, पञ्चप्राण र आत्मा दर्शनशास्त्रका २१ तत्व हुन्। शिवनाथ अधिकारीले यस कृतिमा मानव अभ्युदयका लागि आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन्’, उपकुलपति गुरुङले भने। अधिकारीका यसअघि छरिएका पानाहरू–२०७६, सुनौला पानाहरू–२०७७ प्रकाशित छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.