'बर्दिवासको मेयरमा स्वच्छाचारी प्रवृत्ति हावी भयो'

'बर्दिवासको मेयरमा स्वच्छाचारी प्रवृत्ति हावी भयो'

 ढल्केवर(धनुषा) :महोत्तरीको बर्दिवास नगरपालिकाका पूर्वमेयर विदुरकुमार कार्कीले बर्दिवासका हालका मेयरमा स्वच्छाचारी प्रवृत्ती हावी भएको टिप्पणी गरेका छन् । हालसम्म मेयर प्रह्लादकुमार क्षेत्रीको काम कारवाही स्वच्छाचारी प्रवृत्तीको रहेको उनले टिप्पणी गरेका हुन् । मेयर क्षेत्रीले गरेको निर्णयलाई विश्लेषण गर्दै उनले नगरपालिकामा कर्मचारीतन्त्र हावी भएको सुनाए । 

‘संसदीय अभ्यास अनुसार एकसय दिनलाई सरकारको हनिमुन अवधि भन्छन् । नेतृत्वले लिएको निर्णयबारे प्रतिक्षा गरिन्छ । तर, बर्दिबास नगरपालिकामा मेयरले कार्यभार सम्हालेको एक दिन नपुग्दै विवादमा तानिनुभयो’, पूर्वमेयर कार्कीले अन्नपूर्णसँग कुराकानी गर्दै भने, ‘मेयरले पूर्वाग्राही, दृष्टिकोणविहीन, स्वेच्छाचारी, भिजनलेस ढंगले निर्णयहरु गरेका छन् । जसको ज्वलन्त उदाहरणको रुपमा करारका शिक्षकलाई निकालिएको प्रकरणलाई हेर्दा पुग्छ ।’

सुरु गरिएका कामहरुलाई टेकेर नयाँ कामहरुको थालनी गर्नु पर्नेमा मेयर क्षेत्रीले ती सबै सकारात्मक प्रयासलाई धारासाही बनाउने काम गरेको कार्कीको भनाइ छ । ‘पहिला करारका कर्मचारीमा हात हाल्नुभयो, लगत्तै करारको शिक्षकलाई हटाउनुभयो । उहाँ बर्दिबासको शिक्षा क्षेत्रलाई धारासाही बनाउने खालको निर्णय लिइरहनु भएको छ,' पूर्वमेयर कार्कीले भने, ‘यसले आमजनतामा निराशा पैदा गरेको छ ।’

आफ्नो कार्यकालमा गरिबका छोराछोरी पढ्ने सामुदायिक विद्यालयमा खुल्ला प्रतिस्पर्धामार्फत क्षमतावान ६२ जना करारका शिक्षक भर्ना गरिएको उनले उल्लेख गरे । उनले भने, ‘अब उहाँले विद्यालयलाई आफ्ना कार्यकर्ताहरुलाई शिक्षकको रुपमा विद्यालयलाई भर्तिकेन्द्रको रुपमा अगाडि बढाउनु खोज्नुभएको छ ।’ यसबारे जनमानसमा तीव्र चिन्ता प्रकट भएको बताउँदै उनले थपे, ‘उहाँले करारका शिक्षकलाई हटाएर गर्न नहुने काम गर्नुभयो । यस्ता कामहरुले उज्यालो बर्दिबास बनाउन सक्नु हुन्न भन्ने दृष्य देखियो ।’

कार्यपालिका बैठकमा कार्यपालिका सदस्यको मतलाई पेलेर निर्णय लिने काम भइरहेको पूर्वमेयर कार्कीले सुनाए । उनका अनुसार फरक मतलाई उहाँले (मेयर क्षेत्री) ले सम्मान गर्नुभएको छैन । नेतृत्व भनेको समाज, विकास सिद्धान्त, समाजिक बनोट सबैलाई बुझेर निर्णय लिनु पर्छ । बर्दिबास नगरपालिकको पहिलो नेतृत्वले गरेको कामलाई नीति तथा कार्यक्रममा अगाडि बढाउन सक्नुभएन । अहिलेको नेतृत्व यी र यस्ता पक्षमा चुक्दै गइरहेका पूर्वमेयर कार्कीको भनाई छ । 

नगरपालिकाले सुरु गरेको गेमचेन्जर ड्रिम प्रोजेक्टहरुलाई मेयर क्षेत्रीले पाखा लगाएर खर्च गर्ने बजेट मात्रै ल्याएको उनले टिप्पणी गरे । ‘शिक्षा, स्वास्थ्य, भौतिक पूर्वधार लगायतका क्षेत्रलाई एक दशकमा उचाईमा लैजान आवधिक योजना तयार गरिएको थियो । त्यसले  अर्ब बजेट लाग्ने प्रक्षेपण गरको थियो’, पूर्व मेयर कार्कीले भने, ‘हामीले त्यसलाई अगाडि बढाएर थुप्रै काम थालेका थियौं । अहिलेको नेतृत्वले सबैलाई पाखा लगाएर चरित्र र लक्ष्य विहिन नीति तथा कार्यक्रममा बजेट विनियोजन गरेको छ ।’

पछिल्लो समय नगरका ६२ जना करार शिक्षकलाई हटाएपछि मेयर क्षेत्री विवादमा तानिएका हुन् । बर्दिबासलाई शैक्षिक हव बनाउने अभियानमा विद्यालयहरुमा शिक्षकको कमी भएपछि पूर्वमेयर कार्कीले गत वर्ष खुल्ला प्रतिस्पर्धा मार्फत प्राथमिक तहदेखि माध्यमिक तहसम्मका ६२ जना करारका शिक्षक भर्ना गरेका थिए । 

तर, गत साउन २० गते नगरपालिकाका शिक्षा अधिकृत गणेश प्रसाद दाहालले एक सूचना जारी गरि कारारका नगर शिक्षकलाई हाजिर नगराउन र कामकाज नलगाउन विद्यालयहरुलाई परिपत्र गरेपछि शिक्षकहरु आन्दोलित भएका हुन् । 

करार नविकरणको माग गर्दै चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेर शिक्षकहरु नगरपालिका कार्यालयको  मूल प्रवेशद्वारमै निरन्तर धर्ना दिइरहेका छन् । यता नगरपालिकाले भने उनीहरुको मागलाई वेवास्ता गर्दै नयाँ शिक्षक भर्नाका लगि सूचना आह्वान गरिसकेको छ । 

मेयर क्षेत्रीले शिक्षकहरुले म्याद थपका लागि निवदेन नदिएकाले उनीहरुको म्याद थप नभएको र शिक्षक भर्नाका लागि नयाँ सूचना आह्वान गरिएको दावी गरेका छन् । उनले नयाँ भर्ना प्रक्रियामा सहभागी भएर विधि र प्रक्रियाको सम्मान गरिदिनका लागि आन्दोलनरत शिक्षकहरूलाई आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.