‘नुनको विकल्पले हृदय रोगबाट बचाउँछ’

‘नुनको विकल्पले हृदय रोगबाट बचाउँछ’

सिड्नी (सिन्ह्वा) : नुनको विकल्पमा अन्य चिज खाँदा मुटुसम्बन्धी रोगबाट मृत्युको जोखिम कम गर्न सकिने एक नयाँ अध्ययनले देखाएको छ। अस्ट्रेलिया र चिनियाँ विज्ञसहितको अन्तर्राष्ट्रिय अनुसन्धान टोलीले गरेको नयाँ अध्ययनले यस्तो देखाएको हो।

जर्ज इन्स्टिच्युट फर ग्लोबल हेल्थका कार्यकारी निर्देशक तथा न्यु साउथवेल्स युनिभर्सिटीका प्राध्यापक ब्रुस नीलले सोडियम क्लोराइडको सट्टा पोटासियम क्लोराइड भएको नुनको प्रयोगले मुटुसम्बन्धी रोगको जोखिम कम गर्ने बताए। त्यसले हरेक वर्ष संसारभरि लाखौंको जीवन बचाउनसक्ने उनको दाबी छ।  उच्च रक्तचाप प्रारम्भिक हृदयाघात तथा मृत्युतर्फ डोर्‍याउने ठूलो जोखिमको कारक भएको बताउँदै उनले सोडियमको मात्रा अधिक र पोटासियम कम भएका खानाले रक्तचाप बढाउने उल्लेख गरे। 

सार्वजनिक भएको ‘हार्ट जर्नल’मा नुनको प्रतिस्थापनले हृदयाघातबाट हुने प्रारम्भिक मृत्युको जोखिमलाई १३ प्रतिशत र हृदयघातको जोखिम ११ प्रतिशतले कम गरेको उल्लेख छ। चीनको हार्बिन मेडिकल युनिभर्सिटीका वैज्ञानिक सम्मिलित अनुसन्धान टोलीले गत वर्ष ग्रामीण चीनका करिब २० हजार सर्वसाधारणलाई समावेश गरेर अध्ययन गरेको थियो। प्रकाशित एउटा प्रमुख अध्ययनमा आधा मानिसले आफ्नो आहारमा नुनको विकल्प प्रयोग गरेका तथा बाँकीले आफ्नो खानामा नियमित नुन प्रयोग गरेका थिए। नुनको विकल्प रोज्नेमा हृदयघातको जोखिम कम देखिएको अध्ययनको निष्कर्ष छ। 

चीनमा गरिएको यो अध्ययन र त्यसको निष्कर्ष मानस स्वास्थ्यका निम्ति लाभदायक भए पनि त्यस्तै परिणाम विश्वका अन्य भागमा पनि लागू हुन्छन् भनेर किटान गर्न नसकिने अनुसन्धानकर्ता नील बताउँछन्। पोटासियम नुनले जुनसुकै उमेर, तौल, वर्ण, लिंग वा जातिका मानिसको रक्तचाप कम गर्ने उनले बताए। बीस वर्षदेखि अध्ययनअनुसन्धानमा व्यस्त उनले यो अनुसन्धानको निष्कर्षबाट आफू उत्साहित भएको बताए।

पोटासियम नुन सोडियम नुनभन्दा केही महँगो भए पनि स्वास्थ्यका निम्ति त्यो उपयोगी भएकाले त्यसको उपयोगमा उनले जोड दिए। आयोडिनयुक्त नुन कण्ठरोग निवारण लागि ल्याइएको जस्तैै सोडियमयुक्त नुन हटाएर पोटासियमयुक्त नुनको पनि प्रयोग बढाउन सकिने उनको तर्क छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.