धार्मिकस्थल बढिमालिका र महाँबुमा मेला

धार्मिकस्थल बढिमालिका र महाँबुमा मेला

कालिकोट : धार्मिक तथा पर्यकीयस्थलका रूपमा चिनिने बढिमालिका र महाँबुमा आज बिहीबार मेला लागेको छ। कालिकोट र बाजुराको सिमानामा रहेको बढिमालिका माइको मन्दिर र कालिकोट र दैलेखको सिमाना महाँबु लेकमा रहेको शिवजीको शक्तिपीठमा मेला लागेको हो। 
 

जनैपूर्णिमाको अधिल्लो दिन मेला लाग्ने गरेको छ। यो दिन त्रिवेणीमा स्नान गरी बढिमालिका माइको दर्शन तथा पूजापाठ गर्ने प्रचलन छ। सोहीअनुसार बढिमालिका माइको मन्दिर र त्रिवेणीमा तिर्थालुहरूको भीड छ। कालिकोट, जुल्ला, मुगु, हुम्ला, बाजुरा, अछाम डोटी डडेल्धुरा, बझाङ, कैलाली, दार्चुला, कञ्चरपुर, सुर्खेतलगायत देशका विभिन्न ठाउँबाट दर्शनार्थीहरू आउने गर्दछन्। 

पूर्व त्रिवेणीधामको पवित्र जलमा स्नान गरी पाप पखाल्ने र एकदिन त्रिवेणीमै बसेर शुद्ध मन लिएर बढिमालिका माइको दर्शन गर्न जाने चलन छ। बढिमालिका माइको दर्शन गर्नाले मनोकामना पूरा हुने र जीवनको हरेक पाइलामा साथ पाइने धार्मिक आस्था रहेका कारण भक्तजनहरू आउने गर्दछन्।

यस क्षेत्रमा १ सय ४० भन्दा बढी जातका फूल, सयौं जातका जडिबुटी, ७० भन्दा बढी प्रकारका चरा, २२ वटा घाँसे मैदान, तीनवटा नदीको संगम रहेको पवित्र धाम त्रिवेणी र दर्जनौं देशका जिल्लालाई नियाल्न सकिने अग्ला अग्ला हिमश्रीङ्खलाहरू मन लोभ्याउने प्रमुख विषेशता छन्। 
 
चुलिमालीका, पुगमालीका, देउरा मालीका, गरुलग्नानीजस्ता विभिन्न धार्मिक स्थानमा हजारौं भक्तजनहरूले माइको दर्शन तथा पूजापाठ गरेका छन्। यो अवधिभर तीर्थालुले चोखो तेलमा मात्र पाकेका खानेकुरा खाई यात्रा अवधिभर आधा दिन ब्रत बस्ने र भगवतीकै ध्यान गर्ने गर्दछन्। जसका कारण दुःखीलाई सुख, निसन्तानलाई सन्तान, गरिबलाई धन पाइने विस्वास लिने गरिन्छ। 
   
यस्तै कालिकोट र दैलेखको सिमानामा पर्ने महाँबु लेकमा रहेको शिवको शक्तिपीठमा पनि भव्य मेला लागेको छ। सन्तानेश्वर महादेव भगवान शिवको दर्शन गर्दा मनोकांक्षा पूरा हुने, भुलबस गरिएका पापहरू पनि कटान हुने, भाकल पूरा हुने धार्मिक विस्वास छ। यहाँ कालिकोट, दैलेख, सुर्खेत, जाजरकोट, जुम्लालगायतका जिल्लाहरूबाट हजारौं भक्तजनहरूको भीड लाग्ने गरेको छ। 

महाँभु क्षेत्रको धार्मिक, ऐतिहासिक तथा जैविक विविधताको संरक्षण आवश्यक रहेको स्थानीय चित्रसिंह गाउँलेले बताए। उनले धार्मिक तथा पर्यटकिय हिसाबले महत्वपूर्ण क्षेत्र भएपनि महाँबु संरक्षण र सम्वर्द्धनका लागि सम्बन्धित निकायको ध्यान पुग्न नसकेको उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.