हत्याको आरोपमा पाँचजना पक्राउ

हत्याको आरोपमा पाँचजना पक्राउ

महोत्तरी : धनुषाको जनकपुरधाम उपमहानगरपालिका- ७ का १८ वर्षीय अर्जुन साहको हत्याको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा महोत्तरी लोहारपट्टी नगरपालिका- ४ घर भई जनकपुरधाम उपमहानगरपालिका- ७ मा डेरा लिएर बस्ने ३२ वर्षीय जितकुमार यादव, सोहीस्थान बस्ने २१ वर्षीय कृष्ण यादव, जनकपुरधाम उपमहानगरपालिका-७ मा डेरा लिई बस्ने २५ वर्षीय सन्तोष कुमार सुडी, धनुषा औरही गाँउपालिका- २ घरभई क्षीरेश्वरनाथ नगरपालिका-३ महेन्द्रनगरमा डेरा लिई बस्ने २१ वर्षीया प्रमिला महरा र सोही स्थानका २७ वर्षीय विगुल मुखिया रहेका छन्। 

पक्राउ पर्ने जितकुमार र कृष्ण दाजुभाइ हुन भने प्रमिला र विगुल श्रीमान श्रीमती हुन्। साहलाई अपहरण गरी कर्तव्य गरी मारी फालेको भन्दै मृतकको बुबा दिलिपले उजुरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

अनुसन्धानको क्रममा अभियुक्तहरूले साहलाई लोहारपट्टीको फूलबरिया गाउँमा रिजर्भमा जाने भनि झुक्याई निजको इ-रिक्सा (टेम्पो) मा बसी महोत्तरीको लोहारपट्टी- ८ भगवानपुर चौरस्थित भ्रमरपुराबाट लोहारपट्टी लगिएको थियो। 

सोही स्थानमा पक्राउ परेका जित कुमार र सन्तोषले अर्जुनको घाँटीमा पासो लगाई हत्या गरी सोही बाटोको पश्चिम साईडमा रहेको नहरमा फालेको प्रहरीको अनुसन्धानले देखाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.