नेकपा एसका अध्यक्ष नेपाललाई कोरोना संक्रमण
काठमाडौं : नेकपा (एकिकृत समाजवादी)का केन्द्रीय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको उनको निजी सचिवालयले जनाएको छ।
उनको स्वास्थ्य अवस्था सामान्य छ। उनी घरमा नै आराम गरिरहेका छन्। स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको उनको निजी सचिवालयले जनाएको छ।