पूर्व मुख्यमन्त्री राईले घरभाडा भन्दै मासिक ६० हजार बुझे

पूर्व मुख्यमन्त्री राईले घरभाडा भन्दै मासिक ६० हजार बुझे

विराटनगर : पूर्व मुख्यमन्त्री शेरधन राईले सरकारी आवासमा बस्नुको साटो मासिक ६० हजारमा घर भाडामा लिएर बसेको पाइएको छ। विराटनगरस्थित कोसी प्रजेक्टमा रहेको मुख्यमन्त्री बस्ने सरकारी आवास (घर)मा नबसेर उनी भाडामा बसेका  मुख्यमन्त्रीको कार्यालयले जनाएको छ।

सरकारी निवासमा नबसेर सुरक्षार्थ खटिएका प्रहरी बस्न समेत मासिक १३ हजार रुपैयाँ मुख्यमन्त्री कार्यालयले तिरेको छ। समाचार स्रोतका अनुसार मुख्यमन्त्री राई सुरक्षाको कारण देखाउँदै सरकारी आवासमा नबसेका हुन। उनले मुख्यमन्त्री भएको साढे तीन वर्षसम्म निरन्तर मासिक ६० हजार बुझेका थिए। 

उनले सुरक्षार्थ सात प्रहरीका लागि आफू बसेको नजिकै मासिक १३ हजारमा घर भाडामा लिएका थिए। उनले सरकारी आवासको मर्मत सम्भार गर्न पनि कुनै चासो नलिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ। 

प्रहरीलाई सरकारी घरमा नराख्दा पछिल्लो पटक मुख्यमन्त्री बनेका राजेन्द्र राईलाई समस्या भएको थियो। मुख्यमन्त्री बनेपछि राजेन्द्र राई एक महिना राष्ट्रिय बैंकको गेष्ट हाउसमा बसेका छन्। मर्मत सम्भार गरेर उनी सरकारी आवासमा नै बस्ने गरेका छन्। यसबाट प्रदेश सरकारको मासिक ७३ हजार रुपैयाँ बचत भएको छ।

एक महिनाअघिदेखि प्रहरी पनि सरकारी आवासमा नै बस्ने गरेका छन्। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.