पाल्पामा गाईजात्रा पर्व मनाइयो
तानसेन : पाल्पाको विभिन्न स्थानमा गाईजात्रा पर्व मनाइएको छ। जिल्ला सदरमुकाम तानसेन, हार्थेक, आर्यभञ्ज्याङ्ग ताहुलगायतका नेवारी बस्तीमा गाईजात्रा निकालिएको छ।
दिवगंत सदस्यको सम्झनामा गाईजात्रा निकाली बजार परिक्रमा गर्ने प्रचलन रहँदै आएको छ। विगतका वर्षमा जस्तो जात्रा हेर्न मानिसको भीडभाड छैन। परम्परादेखि नै गाईरूपि मानिसलाई दुधदही फलफुल खुवाउन पाल्पा दरबार परिसरमा मानिस भेला भएका थिए। गाईजात्रामा रामायण गाउँदै आफन्त इष्टमित्रको सहभागितामा दिवंगत भएका परिवारका घरबाट गाईजात्रा निकाल्ने परम्परा रहेको छ।