कर्मचारी भर्नाको विषयमा विवाद, लुम्बिनी सांस्कृतिक नगरको सेवा प्रभावित

कर्मचारी भर्नाको विषयमा विवाद, लुम्बिनी सांस्कृतिक नगरको सेवा प्रभावित

बुटवल : कर्मचारी भर्नाको विषयलाई लिएर रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको विवाद चरम उत्कर्षमा पुगेको छ। नगरप्रमुख सजरुद्दिन मुसलमान र प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले विधि र प्रक्रिया मिचेर कर्मचारी नियुक्तिदेखि करारका कर्मचारी हटाएको उपप्रमुख कल्पना हरिजनले आरोप लगाएकी छिन्। यो विषय दिनप्रतिदिन पेचिलो बन्दै गएको छ।

प्रमुख प्रशासकीय अधिकृत पाण्डेय र धेरैजसो कर्मचारीहरू कार्यालयमा उपस्थित भएका छैनन्। दैनिक प्रशासनिक काम रोकिएको छ। जनप्रतिनिधिको विवादमा कर्मचारीहरूसमेत दुई खेमामा उभिएर विभाजित भएका छन्। 

नगरप्रमुख मुसलमानले छोरा जमिल अहमदान खानलाई अहेब, ज्वाईं जावेदआलम खानलाई सबइन्जिनियर र प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले साला विभाष त्रिपाठीलाई पाँचौं तहको प्राविधिक सहायकमा प्रक्रिया पूरा नगरी नियुक्ति गरेको उपमेयरले आरोप लगाएकी छिन्। 

‘विधि प्रक्रिया मिचेर आफ्ना मान्छे राखिएको छ’, उपप्रमुख हरिजनले प्रश्न गरिन्, ‘लोकसेवामा कर्मचारी माग नगर्ने अहिले आफूखुसी कर्मचारी राख्न मिल्छ ?’ उनले प्रमुख प्रशासकीय अधिकृतले मौखिक जानकारी गराएर करारका कर्मचारीहरूको म्याद थप नगरेको प्रति समेत असन्तुष्ट पोखिन्। अधिकृतस्तरका कर्मचारीहरूलाई दरबन्दी नै नभएको वडामा पठाएकोप्रति पनि उनको आक्रोश छ।
प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले विधि पुर्‍याएरै कर्मचारी नियुक्ति र म्याद थप नगरिएको स्पष्ट पारे। उनले ११ जना नयाँ कर्मचारी प्रक्रियागत रूपमै नियुक्त भएको बताए। ‘कानुन मिचेर कर्मचारी राख्न हाम्रो नैतिकताले दिन्छ र ?’, उनले भने, ‘उपमेयरले यसरी आरोप लगाउँदै हिँड्नुमा कुनै सत्यता छैन।’ 

नगरप्रमुख मुसलमानले छोरा जमिल अहमदान खानलाई अहेब, ज्वाईं जावेदआलम खानलाई सबइन्जिनियर र प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले साला विभाष त्रिपाठीलाई पाँचौं तहको प्राविधिक सहायकमा प्रक्रिया पूरा नगरी नियुक्ति गरेको उपमेयरले आरोप लगाएकी छिन्। 

पदभार ग्रहणकै दिन २०७९ जेठ ११ गते उपमेयरले स्वकीय सचिवसहित अन्य चार जना आफन्तलाई कर्मचारीको रूपमा नियुक्त गर्न र आफू चढ्नका लागि नयाँ गाडी किनिदिन गरेको आग्रह पूरा नभएपछि विवाद निकाल्दै जान थालेको पाण्डेले आरोप लगाए। ‘चुनाव जितेपछि त अब कस्तो नगरपालिका बनाउने भन्ने विषयमा चिन्ता हुनुपर्ने हो’, पाण्डेले उपमेयरलाई लक्षित गर्दै भने, ‘तर, उहाँले त आफ्नो र आफन्तको जागिरको मात्र चिन्ता लिनुभयो।’ 

पाण्डेयले उपमेयरले कार्यालयका प्रशासनिक कामको विषयलाई लिएर अतिरञ्जित गरेको समेत आरोप लगाए। पदभार ग्रहणकै दिन स्वकीय सचिव नियुक्त गर्न कानुनले नदिने र पुरानो गाडी फेर्ने विषयमा यस वर्ष गर्न नसकिने हुँदा अर्को वर्ष बजेट विनियोजन भएमा खरिद गर्न सकिने भनेर दिएको जवाफ उपमेयरलाई चित्त नबुझेको पाण्डेको बुझाइ छ।

अहिले मेयर, प्रमुख प्रशासकीय अधिकृत र उपमेयरबीच दूरी बढ्दै गएको छ। आफन्त, इष्टमित्र र पार्टीका नेता, कार्यकर्ताहरूले होटलमा खर्च गरेको बिलसमेत उपमेयर हरिजनले कार्यालयको सल्लाहबिना पेस गरेको समेत पाण्डेयले आरोप लगाएका छन्।

प्रमुख प्रशासकीय अधिकृत पाण्डेयको सरुवाका लागि उपमेयर जोडबलका साथ काठमाडौँ पुगेको पाण्डेले सरुवा भएपछि मात्र थाहा पाएको बताए। पाण्डेयका अनुसार साउन १५ गते पाण्डेयको सरुवा भएको पत्र उपमेयरले आफ्नो फेसबुक वालमा सुरुमै पोस्ट भएको हो। 

पाल्पाको रामपुर नगरपालिकामा पाण्डेयको सरुवा भएको भन्दै पहिलोपटक उपमेयर हरिजनले सार्वजनिक गरेपछि थप हंगामा मच्चियो। अहिले उपमेयरको नेृत्वमा एउटा र मेयर, प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा अर्को टोली विभाजित भएर आरोप प्रत्यारोपमा उत्रिएका छन्। कर्मचारीहरूलाई अनावश्यक विवादमा तान्न खोजिएको पाण्डेयको भनाइ छ। नगरपालिकाको वडा नम्बर ७, ८, १० र १३ मा अधिकृतस्तर छैटौं र वडा नम्बर ११ मा पाँचौं तहका कर्मचारीलाई कामकाजमा खटाइएको पाण्डेयको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.