पाटनमा ‘नेकु जात्रा मत्या’

पाटनमा ‘नेकु जात्रा मत्या’

ललितपुर : काठमाडौंको पुरानो बस्तीमध्येको एक पाटन! यहाँको महत्त्वपूर्ण पर्व हो, ‘नेकु जात्रा मत्या’! यो पर्वको बौद्ध धर्मसँग नजिकको सम्बन्ध छ! विशेषगरी पाटनका बौद्ध धर्मावलम्बीले विशेष रूपमा यसलाई मनाउने गर्छन्!

प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट मनाइने पर्वमा आफ्नो जीवनकालमा एक न एक पटक सहभागी हुनैपर्छ भन्ने मान्यता छ! यो दीपांकर बुद्धको पौराणिक कथासँग सम्बन्धित छ! यस पर्वमा मत्या परेड र नौ बाजा दुई प्रमुख मानिन्छ! पाटनका चारवटै अशोक स्तूप र दुई हजार बढी तीर्थस्थललाई समेट्ने मत्या परेडमा हजारौं भक्तजन सहभागी हुन्छन्! नौ बाजाले पाटनका विभिन्न इलाकाको परिक्रमा गर्छ! नेकु, धा बाजा र तीन द मोखीको साथमा आफ्नो चर्को संगीतले सबैलाई जागृत गर्छ!

नेकु जात्रा–मत्या नेवारी शब्द हो! नेकु भन्नाले ‘भैंसीको सिङ’, जात्रा भनेको ‘चाड’, मत भनेको ‘बत्ती’ र ‘यात्रा’ भन्नाले पवित्र ‘यात्रा’ बुझिन्छ! नेकु जात्रालाई शृंगाभेरी जात्रा पनि भनिन्छ! यस चाडको सबैभन्दा महत्त्वपूर्ण विशेषता गल्ली, बाहा (आँगन) र बाटोको हरेक कुनामा सिङ फुक्नु हो! नौ बाजाको साथ सिङ बजाइन्छ!

नौ बाजाको प्रदर्शन पहिलो पटक जनैपूर्णिमाको अघिल्लो रात कुम्भेश्वर (बंगलामुखी) शिवको मन्दिरमा हुन्छ! जब हजारौं दर्शक मन्दिरको आँगनभित्र पोखरीको बीचमा उठेको मञ्चमा शिव राखिन्छ! नौ बाजाको समूहले भगवान् शिवलाई श्रद्धाञ्जली अर्पण गर्दै भैंसीको सिङसहित भव्य प्रस्तुति दिन्छ! त्यसपछि पाटन दरबार स्क्वायरमा दोस्रो, बुङमती मन्दिरमा तेस्रो र स्वयम्भूनाथ मन्दिरमा चौथो प्रस्तुति हुनेछ! नौ बाजा समूहमा १६ वटा बाजाहरू हुन्छन्! मत्याको दिन दिउँसो १२ देखि राति १:३० बजेसम्म नौबजा परेड चल्छ! धा बाजा र तीन द मोखिनले पाटनका डबु र चोकमा विभिन्न प्रकारका ग्वारा (बोल) बजाउँछन्! नौ बाजा समूहका १६ वटा प्रकारका बाजाको पनि छुट्टै महत्त्व छ! पहिलो बजा हो ‘नेकु’! यो भैंसीको सिङबाट बनेको हुन्छ! हु हु र नेकु दुई प्रकारका सिङ हुन्छन्! हु हु छोटो हुन्छ! बाक्लो आवाज निकाल्छ! नेकु लामो हुन्छ! हु हुभन्दा पातलो आवाज निकाल्छ! यो धा बाजा र तीन द मोखिन साथमा बजाइन्छ!

अर्को हो ‘धा’ बजा! यो उभिएर बजाइन्छ! दायाँतर्फ खाली हातले र बायाँतर्फ काठको लट्ठीले बजाइन्छ! यसको साथमा भुस्याहा हुन्छ! तेस्रो बाजालाई ‘धिमे’ भनिन्छ! धिमेलाई दायाँतर्फ घुमेको पातलो लठी र बायाँ खाली हातले बजाइन्छ! यसको साथमा भुस्याहा पनि हुन्छ! ‘दक्षिणा’ बाजा! यो दुवै छेउमा खाली हातले बजाइन्छ! यसको साथमा पनि छुस्या हुन्छ! दोहोरो टाउको भएको ‘काशी बाजा’! यो विशेषगरी केही महŒवपूर्ण समयमा बजाइन्छ! दायाँ र बायाँतर्फ हातले बजाउने चलन छ! यसको साथमा छुस्या हुन्छ! ‘न्याखिन’ बाजा! यो दाहिने छेउलाई पातलो लट्ठीले र देब्रे हात खाली हातले बजाइन्छ!

छुस्या सँगसँगै यसको ताल निकै सुमधुर सुनिन्छ! ‘कोंचाखिन’! यसमा ट्युनिङ पेस्ट हालेको हुन्छ । दाहिने हातको औंलाले मात्र प्रहार गरिन्छ! यसको साथमा तिग्लिचा र छुस्या हुन्छ! ‘मगाखिन (माडल)’! माडलको दुवै छेउमा टाउको हुन्छ! एउटा टाउको अर्कोभन्दा ठूलो हुन्छ! यसको दुई छेउ ट्युनिङ पेस्ट छालाले ढाकिएको हुन्छ! ‘मृदग’! यो दुवै छेउमा हातले बजाइन्छ! यसको साथमा पनि छुस्या हुन्छ! ‘कान्तडबडब (डमरु)’! कान्तडबडब बीचमा स्ट्रिङले जोडिएका मोमका दुईवटा साना गोला हातको घुमाउरो गतिले झुलाउँछन्! प्रत्येक हातमा यी दुई ड्रम समात्छन्! अनि छुस्याद्वारा पूरा गरेर एक विशिष्ट प्रदर्शन दिन्छ! ‘जोरनगरा’! यो दुई लाठीसँग झ्याली सँगसँगै बजाइन्छ! यसैगरी अर्को बाजा हो, ‘खन्जरी’! यसलाई दाहिने हातले छाला थिचेर औंलालाई वरिपरि घुमाएर झ्यालीको साथमा बजाइन्छ! यो भुस्यासहित दुई लठ्ठीले बजाउने बाजा ‘नगरा’ हो! ‘दह’ बाजा! एकल टाउको छालाले छोपेर दाहिने हातले छाला थिचेर औँला घुमाएर छुस्याको साथमा बजाइन्छ!

यसैगरी ‘से’ (झाँक्री बाजा) लाई दायाँ हातले समातेर घुमाउरो लठ्ठीले प्रहार गरिन्छ! यसको साथमा भुस्याह पनि हुन्छ! ‘खि’ बजाउँदा दुवैतिर खाली हातले झायलिँचा, ता र बासुरी प्रयोग गरिन्छ! मत्यामा ‘द मोखी’ बजाको पनि प्रयोग गरिन्छ! यसको दुवै छेउमा हात प्रयोग गरिन्छ! यसमा तीनवटा देवताका मूर्तिसहित तीन थरीका बाजा हुन्छन्! मुख्यमा नीलो रङको कपडा भएको बाजामा भैरव र रातोमा महालक्ष्मी र काली! यस बाजालाई थरीथरीका गहनाले सजाएको हुन्छ! मत्याको यात्रा सखारै सुरु हुन्छ! विशेष पुजारीले यात्राको नेतृत्व गर्छन्! यात्राका क्रममा भक्तजनले आफ्नो गच्छेअनुसार चामल, फूल र पैसा चैत्यहरूमा चढाउने गर्छन्!


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.