लेखक सलमान रुस्दीमाथि चक्कु प्रहार : भेन्टिलेटरमा उपचाररत, अवस्था चिन्ताजनक

लेखक सलमान रुस्दीमाथि चक्कु प्रहार : भेन्टिलेटरमा उपचाररत, अवस्था चिन्ताजनक

वासिङटन डिसी : बुकर पुरस्कार विजेता तथा द सैटानिक भर्सास्युका लेखक सलमान रुस्दीमाथि अमेरिकाको न्यूयोर्कमा चक्कु प्रहार भएको छ । न्यूयोर्कको चौताउवा इन्स्टिच्युटमा आयोजित एक कार्यक्रममा बोल्न जाँदै गर्दा उनीमाथि आक्रमण भएको हो । हमलामा रुस्दीको अन्तरवार्ता लिने व्यक्ति पनि घाइते भएका थिए ।

सलमान रुस्दीका एजेन्टले उनको स्वास्थ्य अवस्था राम्रो नभएको जानकारी दिएका छन् । चक्कु प्रहारपछि सलमान रुस्दीको अवस्था चिन्ताजनक रहेको उनले बताए। उनी हाल भेन्टिलेटरमा र बोल्न नसक्ने अवस्थामा छन्। 

एन्ड्रयू वाइलीका अनुसार आक्रमणको कारण लेखकको दृष्टि गुम्न पनि सक्ने छ। उनले भने, 'सलमानको आँखा गुम्ने सम्भावना छ। उनको हातमा गहिरो चोट लागेको र कलेजोमा छुराको चोट लागेको पनि आशंका गरिएको छ।'

घटनास्थलमा उपस्थित मानिसहरूले आक्रमणकारीलाई घटनास्थलमै समातेका थिए। प्रहरीले न्यु जर्सीको फेयरभ्युबाट २४ वर्षीय हादी मतार नाम गरेका संदिग्धलाई पक्राउ गरेको छ । सलमान रुस्दीलाई विगत केही वर्षदेखि ज्यान मार्ने धम्की आएको थियो । बीबीसी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.