प्युठानमा जीप दुर्घटना: दिदीबहिनीको मृत्यु, १४ घाइते

प्युठानमा जीप दुर्घटना:  दिदीबहिनीको मृत्यु, १४ घाइते

बुटवल : प्युठानको नौवहिनी गाउँपालिकास्थित बाहाने बजार नजिकै जीप दुर्घटना हुँदा एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ। 

दुर्घटनामा सानो डाम्री निवासी तीन वर्षिया करुणा बुढामगर र दुई महिनाकी चेतना बुढामगरको मृत्यु भएको नौवहिनी गाउँपालिका अध्यक्ष डिलाराम थापामगरले जानकारी दिए। उनीहरूको उपचारको क्रममा प्यूठान अस्पतालमा मृत्यु भएको हो। 

आइतबार बाग्दुलाबाट डाम्रीतर्फ जाँदै गरेको लु १ ज १५४५ नम्वरको जीप दुर्घटना भएको हो। मृतककी आमा रेमसरा बुढामगर र बुढा हुम बहादुर बुढामगर गम्भीर घाइते छन्। दुर्घटनामा परी १४ जना घाइते भएका छन्। उनीहरूको प्यूठान अस्पतालमा उपचार भइरहेको छ। 

बाहाने बजार नजिकै खहरे खोलामा अनियन्त्रित भएर दुर्घटना भएको स्थानीयले जनाएका छन्। प्रहरीका अनुसार चालक नियन्त्रणमा छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.