रैथाने बाली चिनुको संरक्षण गरिँदै

रैथाने बाली चिनुको संरक्षण गरिँदै

कालिकोट : जिल्लामा लोपोन्मुख बाली चिनुको संरक्षण सुरु गरिएको छ। झण्डै दुई दशक पहिले उल्लेख्य रूपमा उत्पादन हुने चिनु, कागुनु, फापर, कोदो अहिले लोभ हुने अवस्थामा छ। पछिल्लो समय यसको माग बढेपछि युवाले संरक्षण अभियान सुरु गरेका हुन्। 
  
जिल्लाको खाँडाचक्र नगरपालिका-११ निवासी जीवन गिरीले यो वर्ष एक रोपनी जग्गामा चिनु खेती गरे। काठमाडौंका व्यापारीले चिनुको माग गर्न थालेपछि खेती सुरु भएको हो। जिल्लाको सुन्तला गाउँ भनेर चिनिने बराँतुका युवा किसान गिरीले भने, परापूर्वकालमा गाउँमा चिनु, कागुनुको ब्यापक रूपमा खेती हुन्थ्यो। 

तर झण्डै १५ वर्ष अगाडीदेखी गाउँमा यसको खेती हुन छाड्यो। सदरमुकाम नजिकको गाउँ भएकाले गाउँका सबै व्यवसायिक तरकारी खेतीमा लागे। अन्नबालीको खेती हुनै छाड्यो। परीक्षणका रूपमा यो वर्ष एक रोपनि जग्गामा सुरु गरिएको चिनु खेती निकै राम्रो भयो। बारीमा हेर्दा निकै रोचक छ। यो चिनु अहिले प्रतिकिलो एक हजारका दरले बिक्री हुन्छ। यो डाइबेटिज, प्रेसर, सुगरलगायतका रोगहरूको औषधि पनि हुन्छ। यसको भात र खीर निकै मिठो हुन्छ। उनले यो वर्षको परीक्षण उत्पादन राम्रो भएकाले आगामी वर्षदेखि यसको खेती बढाउने बताए। आफूले खेती सुरु गरेपछि गाउँका अन्य किसानले पनि सुरु गरेका उनको भनाइ छ। 
 

जिल्लामा स्थानीय सरकारले पनि रैथाने बाली संरक्षणका लागि पहल लिएका छन्। जिल्लाको तिलागुफा नगरपालिका प्रमूख शंकरप्रसाद उपाध्यायले चिनु, कागुनु, फापर, जनालो जस्ता लोपोन्मुख रैथाने बालीहरू संरक्षणका लागि नगरले आफ्ना नीति तथा कार्यक्रममै समेटेको बताए। उनले भने, 'हामी किसानहरूलाई रैथाने बालीका लागि अनुदान दिन्छौँ। उत्पादित बालीको बजारको सुनिश्चितता गर्छौँ। नगरभित्र उत्पादित रैथाने बालीहरू नगरले नै खरिद गरि बजारीकरण गर्ने योजना छ।' 
  
जिल्लाको पलाँता गाउँपालिका अध्यक्ष बिष्णुबहादुर रोकायाले रैथाने बाली संरक्षणका लागि गाउँपालिकाले पहल गरेको बताए। उनले भने, 'पलाँता क्षेत्र कोदो, चिनु, कागुनु, फापर, सिमी र आलु उत्पादनको राम्रो सम्भावना भएको क्षेत्र हो। यहाँको उत्पादित रैथाने बालीहरू विगतमा आफैंलाई मात्र प्रयोग गरिन्थ्यो। अब किसानहरूलाई धेरै मात्रामा उत्पादन गरेर जिल्ला बाहिर निर्यात गराउने योजना छ। पलाँतामा उत्पादित रैथाने बालीहरू अन्य क्षेत्रको तुलनामा बढी स्वादिष्ट हुने गरेको उनले बताए। 
 
जिल्लाको खाँडाचक्र नगरपालिका प्रमूख कमलबहादुर शाहीले कालिकोटमा उत्पादन हुने रैथाने बालीहरूको सहज बजारको लागि कोशेली घर स्थापना गरिने बताए। उनले भने, 'कालिकोट आउने पाहुँनाहरूलाई नासो लिनका लागि यहाँका सबै किसिमका रैथाने बालीहरू पाउने कोशेली घर निर्माण गर्ने योजना छ। जसले यहाँका उत्पादनहरूको प्रचार पनि हुन्छ। यहाँको चिनो बाहिर पनि जान्छ। यहाँका किसानको आयआर्जन पनि हुन्छ।' 


 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.