साउनमा १ खर्ब २१ अर्ब बाहिरियो, बैंकको पैसा कहाँ गयो !

साउनमा १ खर्ब २१ अर्ब बाहिरियो, बैंकको पैसा कहाँ गयो !

काठमाडौं : साउनमा वाणिज्य बैंकको प्रणालीबाट १ खर्ब २१ अर्ब रुपैयाँ बाहिरिएको छ। असारसम्म बैंकसँग ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप थियो। 

साउनको अन्त्यसम्म निक्षेप घट्दै गएर ४४ खर्ब २१ अर्ब रुपैयाँमा सीमित भएको छ। साउन पहिलो साता ६४ खर्ब रुपैयाँले निक्षेप घटेको थियो। दोस्रो साता २८ अर्ब, तेस्रो साता ४ अर्ब र चौंथो साता २६ अर्ब रुपैयाँले निक्षेप संकलन ऋणात्मक भएको नेपाल बैंकर्स संघले सोमबार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ। 

जबकि यसअघि जेठसम्ममा ४४ खर्ब रुपैयाँमात्रै निक्षेप थियो। असारमा १ खर्ब ४१ अर्ब रुपैयाँ थपियो। तर चालू आव लागेपछि बैंकको पैसा कहाँ गयो भन्नेमा बैंकर पनि अचम्मित छन्। दिनप्रतिदिन बैंकमा निक्षेप घट्दा संकट पैदा हुन लागेको छ। किनभने कर्जा प्रवाहको मुख्य स्रोत नै निक्षेप हो। 

  •     बैंकको प्रणालीबाट महिनामै १ खर्ब २१ अर्ब बाहिरियो
  •     लगानीयोग्य पुँजी अभाव कसिलो बन्दै
  •     साउन मसान्तसम्म ४१ खर्ब ७५ अर्ब कर्जा प्रवाह 

प्रायः असार मसान्तमा सरकारी राजस्व तिर्नुपर्ने भएकाले पनि बैंकिङ प्रणालीबाट पैसा बाहिरिएको बैंक विज्ञ अनलराज भट्टराईको अनुमान छ। विगतको तुलनामा बढी रकम बैंकिङ प्रणालीबाट बाहिरिएको र यस अवधिमा नफर्किएको उनले सुनाए। ‘विगतमा एक प्रतिशतले घट्यो भने अहिले दुई प्रतिशतले घटेको छ,’ उनले भने, ‘हुन त असारमसान्तमा राजस्व तिर्ने बेला पनि हो। साथै आयात पनि बढिरहेको छ। 

नेपाल आयल निगमले पनि तेलको रकम भुक्तानीले बैंकिङ प्रणालीमा निक्षेप घटेको हुन सक्छ।’ यतिबेला बैंकमा कर्जाको माग पनि खासै घटेको छैन। बैंकले गर्ने लगानीले कर्जा निक्षेप (सीडी रेसियो) अनुपात पनि खासै खुकुलो छैन। संघका अनुसार साउन २७ सम्ममा उक्त रेसियो औसत ८८.३५ प्रतिशत पुगेको छ। जबकि नेपाल राष्ट्र बैंकले असार मसान्तपछि सीडी रेसियो ९० प्रतिशत हुनै पर्ने व्यवस्था गरेको छ।

बैंकले गत आर्थिक वर्षभर पूरै तरलता अभावमा बिताएका थिए। यसकारण गत आवमा सबै वाणिज्य बैंकको कर्जा निक्षेप कसिलो थियो। एकातिर निक्षेप घटेको तथा अर्कातर्फ कर्जा प्रवाह पनि खासै नघटेको सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल बताउँछन्। उनका अनुसार सामान्यतया यतिबेला निक्षेप घट्छ। 

तर यसपटक भने बढी नै घटेको छ। ‘ऋणीले कर्जाको ब्याज तिरेर निक्षेप घटेको हुन सक्छ। यतिबेला ग्राहकको खर्च गर्ने समय पनि हो,’ उनी भन्छन्, ‘तर विगतका वर्षलाई हेर्दा यदि खर्च प्रणालीबाट बाहिरिने हो भने सामान्यतया ३०–४० अर्ब रुपैयाँ हाराहारीमा जानु पथ्र्यो। खर्ब माथि बाहिरिनुले असामान्य स्थिति पैदा गर्ने जोखिम छ।’  

२६ वटा वाणिज्य बैंकबाट साउन मसान्तसम्म ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। यो असार महिनाकै हाराहारीमा रहेको संघको तथ्यांकले देखाएको छ। यद्यपि यसअघिका महिनाभन्दा बढी कर्जा कम प्रवाह भएको छ। गत जेठसम्ममा कुल कर्जा ४१ खर्ब ९३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा १८ अर्ब रुपैयाँले घटेको संघले बताएको छ। बैंकको मुख्य स्रोत संकलन घट्दै गएकाले थप कर्जा प्रवाह पनि कसिलो बन्दै गएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.