मधेश सरकारको धर्ना स्थगित
जनकपुरधाम : प्रहरी समायोजनको मागसहित संघीय सरकारविरुद्ध धर्नामा बसेको मधेश प्रदेश सरकारले तीन दिनमै धर्ना स्थगित गरेको छ। मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा धर्ना स्थगित गरिएको हो।
प्रधानमन्त्री शेरबहादुर देउवाको अनुरोधमा धर्ना स्थगित गरिएको मुख्यमन्त्री लालबाबु राउतले सञ्चारकर्मीहरुलाई बताएका छन्। ‘प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणसँग भएको कुराकानीमा निर्वाचनपछि प्रहरी समायोजनको काम अघि बढाइने आश्वासन दिएकोले हामीले हाललाई धर्ना स्थगित गरेका हौं।’ मुख्यमन्त्री राउतले भने।
उनले प्रहरी समायोजन सम्बन्धी ऐन पनि बनिसकेको हुँदा निर्वाचन लगत्तै बन्ने सरकारले यो समस्या समाधान गर्नेमा आफू पूर्ण विश्वस्त रहेको बताए।