बैतडीमा बँदेलका लागि थापेको पासोमा चितुवा पस्यो
बैतडी: बँदेलका लागि थापेको पासोमा चितुवा पसेको छ ।
दशरथचन्द नगरपालिका- ४ बिनासौंमा बँदेलका लागि थापेको पासोमा चितुवा फसेको हो । बुधबार बिहान स्थानीयहरुले चितुवा पासोमा पसेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मकै जोगाउन बँदेलका लागि थापेको पासोमा चितुवा फसेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमबहादुर कडेलले जानकारी दिए । चितुवाको उद्धारका लागि बर्दीया र सुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट विज्ञ टोली बोलाइएको उनले बताए ।
यहि साउन १४ गते जिल्लाको मेलौली नगरपालिका- २ मा दुम्सीका लागि थापेको पासोमा फसेको चितुवाले आक्रमण गर्दा एकजना घाइते भएका थिए ।