स्याउ कालिकोटको, नाम जुम्लाको

स्याउ कालिकोटको, नाम जुम्लाको

कालिकोट : जिल्लाको खाँडाचक्र नगरपालिका-१ मान्म बजारमा स्याउ बिक्री गर्ने धेरै व्यापारी छन्। आजभोलि जिल्लाभित्रै फलेको स्याउ बिक्री वितरणका लागि राखिएको छ। तर, व्यापारीले स्याउ किन्ने आउने ग्राहकलाई भन्छन्- लैजानुस है जुम्लाको स्वादिष्ट स्याउ। 

  
जुम्लाको स्याउले ब्राण्ड कायम गर्दा जुम्लासँगै जोडिएका कालिकोटको तिलागुफा, रास्कोट, महाँवै, पलाँता लगायतका स्थानीय तहका लेकाली क्षेत्रमा फल्ने स्याउ पनि जुम्लाकै नाममा बिक्री हुने गरेको छ। 

स्थानीय व्यापारी निर्मला आचार्यका अनुसार जुम्लाको स्याउ भन्दाखेरी बढी ग्राहक आउने गरेकाले यसो गरिएको हो। 'त्यसैले हामी कालिकोटको स्याउलाई जुम्लाको स्याउ भनेर भन्छौँ। स्यादमा कुनै कमि छैन। अहिले जुम्लाको स्याउले ब्राण्ड बनाएको छ', उनले भनिन्। तर, अहिले जुम्लाका किसानले पनि बजारमा नपाकेको काचै स्याउ बिक्री गरिदिँदा स्याउ बजार बदनाम भएको छ। 
 
कालिकोटका किसानहरू स्याउ खेतीप्रति आकर्षित छन्। जिल्लाको तिलागुफा नगरपालिकामा २ हजार ५ सय हेक्टर क्षेत्रमा स्याउ खेती हुँदै आएको छ। रास्कोट नगरपालिकामा झण्डै एक हजार हेक्टर क्षेत्रमा स्याउ खेती भइरहेको छ। अन्य स्थानीय तहका लेकाली भेगमा पनि स्याउ खेती छ। 

जिल्ला कृषि विकास कार्यालय कालिकोटका प्रमुख अर्थ विज्ञ बालकराम देवकोटाले भने, 'यहाँको स्याउ पनि जुम्लाको भन्दा कम छैन। तर किसानहरू हतारिएर नपाक्दै स्याउ टिपेर बिक्री गर्छन्। यसले स्याउको गुणस्तर कायम हुन नसकेको अवस्था छ।' 
  
कालिकोटको स्याउ, सुन्तला, टिमुर, अदुवा, अलैचीलगायतका बालीहरू बजारसम्म ढुवानी गर्न अनुदान दिने प्रस्ताव गरिएको उनले बताए। 

उनले भने, 'किसानहरूलाई ढुवानीमा अनुदान दिँदा यसको बजारीकरण एकद्वारबाट हुन्छ। त्यसमा कालिकोटमा उत्पादित खाद्य वस्तुहरू लेखिएको काटुर्न प्रयोग हुन्छ। जिल्लाको पहिचान पनि हुन्छ। किसानलाई आफूले उत्पादन गरेका वस्तुहरू बजार लैजान सहज हुन्छ। यहाँको स्याउ विशुद्ध अर्गानिक भएकाले यसको स्वादसँग अन्य स्याउको तुलना नै हुन सक्दैन।'
 

स्याउ बजारीकरणमा समस्या
जिल्लाको तिलागुफा नगरपालिका फोइमहादेव निवासी जिल्लाकै अगुवा किसान बेगमबहादुर शाहीले आफ्नो बगैंचामा फलेको स्याउ बिक्री गर्न सकस हुने गरेको बताए। उनले भने, 'जुम्लामा सहज यातायात छ। प्लेनबाट पनि बाहिर जान्छ। हामीकहाँ यातायत सेवा धेरै टाढाको दूरीमा छ। थाप्लाको भारीले कति स्याउ बिक्री गरिसक्ने हो। बगैचाबाट कर्णाली राजमार्ग पुगाउन पाँच घण्टाको पैदलयात्रा गर्नु पर्छ। प्राय मानिसहरू स्याउ किन्न जुम्ला नै जान्छन्। कालिकोटको स्याउ ओझेलमा पर्छ। बर्सेनि क्विन्टलका क्विन्टल स्याउ कुहिएर जान्छ।'

अगुवा कृषक बेगमबहादुर शाहीको बगैंचामा मात्र बर्सेनि ६ सय क्विन्टल स्याउ फल्छ। झण्डै एक सय क्विन्टल स्याउ बिक्री नभएर खेर जान्छ। यो वर्ष त झन धेरै खेर जाने अवस्था छ। कोरोनाले चहलपहल पनि घटाएको छ। उनलाई स्याउ बिक्रीका लागि बर्सेनि चिन्ता हुन्छ। 

चिल्ल्खायाका अगुवा किसान टेकबहादुर शाहीले सधैंजसो साउन अन्तिममा पाक्ने चिल्खायाको स्याउ बजारीकरणको समस्या रहेको बताए। स्याउ, सिमी, आलु लगायतका फलफूल तथा तरकारी खेती गरेर जीविका चलाउँदै आएका शाहीले बर्सेनि ३ सय क्विन्टलभन्दा बढी स्याउ फले पनि बजारीकरण समस्याले अधिकांश स्याउ रुखमै कुहिने र पशुवस्तुलाई दिने गरेको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.