तनहुँमा करेन्ट लागेर बाबु र छोराको मृत्यु, आमा घाइते

तनहुँमा करेन्ट लागेर बाबु र छोराको मृत्यु, आमा घाइते

तनहुँ : जिल्लाको शुक्लागण्डकी नगरपालिका-२ कोत्रेस्थित गुवेखोलामा माछा मार्ने क्रममा करेन्ट लागी दुई जनाको मत्यु भएको छ । विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा दुई जनाको मृत्यु भएको र एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृत्यु हुनेमा पाल्पाको निस्ती गाउँपालिका-५ घर भइ हाल कोत्रेमा बंगुर फार्ममा काम गर्दै २२ वर्षका चित्रबहादुर ब्याम्बो र उनका ९ महिनाका छोरा आदी ब्याम्बो रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक युवराज खड्काले जानकारी दिए । उनका अनुसार अचानक करेन्ट लागि तीनैजना गम्भीर घाइते भएका थिए। बाबुछोराको उपचारको क्रममा बिहीबार साँझ ७:३० बजे मृत्यु भएको हो । 

 १९ वर्षया दिलमाया ब्याम्बो भने घाइते भएकी छन्। उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.