अंश विवादमा एसिड आक्रमण

अंश विवादमा एसिड आक्रमण

दाङ : कर्णाली प्रदेशको सल्यान जिल्लामा भाइ–भाइबीच जग्गा बाँडफाँटको विषयमा विवाद हुँदा एसिड प्रयोग भएको छ। दाजुभाइबीचको जग्गासम्वन्धी विवादले भाइ–बुहारीमा एसिड प्रयोग गरेर आक्रमण भएको हो।

जग्गाको भागबण्डा विवाद नमिलेपछि सल्यानको दार्मा गाउँपालिका–३ चम्पुटाकुराका हिरालाल रावत (हिरू)ले आफ्नै सहोदर भाइ–बुहारीमाथि एसिड प्रहार गरे। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार जग्गा भागवण्डाको कुरा नमिल्दा ६६ वर्षीय हिरालालले आफ्नै भाइ–बुहारीमाथि एसिड प्रहार गरेका हुन्। भाइ–बुहारीसँगै अर्का एकजना व्यक्तिलाई पनि एसिड प्रयोग भएको प्रहरीको भनाइ छ। जसबाट तीनजना घाइते भएका छन्।

एसिड प्रहारबाट भीमबहादुर रावत, उनकी श्रीमती र भीमबहादुरको घरमा सामान पुर्‍याउन आएका एकजना गरी तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यलयका प्रमुख सुमित खड्काले बताए। दैनिक काम गर्ने भीमबहादुरका दम्पती काम सकेर बेलुका घर फर्किएपछि दाइले उनीहरूमाथि एसिड प्रहार गरेको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ। प्रहरी प्रमुख खड्काका अनुसार जग्गाकै विषयमा धेरै पहिलेदेखि नै विवाद हुँदै आएको थियो।

पहिलेदेखिको विवाद रहेछ, जग्गाको कुराले पटक–पटक झगडा समेत हुने गरेको खुल्न आएको छ, उनले भने–‘जग्गा भागबण्डा गर्ने कुरा नमिलेपछि रिस पोख्नकै लागि एसिड प्रहार गरेको भन्ने छ, के कसरी भयो भन्ने कुरामा हामी अनुसन्धान गर्दै छौँ, अनुसन्धान पछि थप कारणहरू पनि थाहा होला।’

उनका अनुसार पहाडी क्षेत्रमा खोटो संकलन गर्नेहरूले संकलन र भण्डारको क्रममा एसिडको प्रयोग गर्छन्। सोही प्रयोजनका लागि पहाडी क्षेत्रमा स्थानीयले एसिड राख्छन्। खोटो संकलनका लागि प्रयोग गरिने एसिड हिरालालले दुरुपयोग गरेको देखिएको छ। 

बुवाआमाको नाममा रहेको जग्गालाई हापकित्ता गर्दा कुरा नमिलेपछि परिवारमा विवाद सिर्जना भएको पूर्ववडाअध्यक्ष स्थानीय सेतुराम रोकायले जानकारी दिए। रोकायले व्यवसाय र जग्गाकै कारणले दाइले भाइ–बुहारीमाथि एसिड प्रहार गरेको देखिएको छ। स्थानीय रोकायका अनुसार उनीहरूको बुवाआमाको नाममा ८ रोपनी जग्गा दर्ता छ। उक्त जग्गा सडक छेउमा रहेको र सोही जग्गाको हापकित्ताको विषयमा दाजुभाइबीच कुरा नमिल्दा विवाद भएको छ।

दाइ हिरालालको कस्मेटिक पसल  छ। भाइको कपडा पसल छ। घटना हुनुभन्दा ५ दिन अघिदेखि हिरालालले लगातार मादक पदार्थ सेवन गरिरहेका थिए। परिवारमा बिहान बेलुका झगडा गर्थे। मापसे सेवन गरी व्यापार व्यवसाय र जग्गाको विषयलाई लिएर भाइसँग झगडा गर्ने गरेको रोकायले जानकारी दिए। हिरालालका ५ भाइमध्ये उनी जेठा हुन्। माइलाको मृत्यु भइसकेको छ। एसिड प्रहार भई घाइते भएका भिमबहादुर साइला हुन्।

स्थानीयहरूका अनुसार हिरालालले आफ्नो पसलमा गएका ग्राहकहरू भाइको पसलमा गएको भन्दै मापसे सेवन गरी पटकपटक भाइको परिवारसँग झगडा गर्थे। एसिड प्रहारबाट घाइते भएका भिमबहादुरका दम्पतीको अहिले नेपालगञ्जमा उपचार भइरहेको उनीहरूले बताए।

एसिड प्रहारका घटनाहरू तराई तथा सहरी क्षेत्रमा बढी हुने गरेको सुनिन्थ्यो। तर, पहाडी तथा हिमाली क्षेत्रमा भने एसिडको घटना संभवतः यो पहिलो हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.