विद्यालय भवन हस्तान्तरण

विद्यालय भवन हस्तान्तरण

गुलरिया : बर्दियाको बारबर्दिया नगरपालिका-३ स्थित बेलवाबज्जामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई सुविधा सम्पन्न भवन हस्तान्तरण गरिएको छ। 

प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा स्याक नेपालद्वारा निर्माण गरिएको ६ कोठे भवन औपचारिक कार्यक्रमका बीच विद्यालयलाई हस्तान्तरण गरिएको हो।

दुई तले आधुनिक विद्यालय भवनको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले उद्घाटन गरिन्। सिस्टर परियोजनामार्फत १ करोड २० लाख २६ हजार ३५० रुपैयाँ र बारबर्दिया नगरपालिकाले ९ लाख रुपैयाँ गरी कुल १ करोड २९ लाख २६ हजार ३५० रुपैयाँको लागतमा निर्माण गरिएको स्याक नेपाल बाँकेका अध्यक्ष शिवलाल पाण्डेले बताए। 

अपांगमैत्री शौचालय, शुद्ध पिउने पानी, चिल्ड्रेन पार्क सहितको नवनिर्मित भवनबाट विद्यालयलाई शैक्षिक उन्नयनमा ठूलो कोशेढुँगा हुने विद्यालयका प्रधानाध्यापक मुकुन्द प्रसाद पौडेलले बताएका छन्। 

प्लान इन्टरनेशनल नेपालकी क्षेत्रीय प्रबन्धक मिना पराजुलीले अब बालमैत्री कक्षा सञ्चालन, बाललबालिकाको सिकाइ, उपलब्धी दरको तथ्याङ्क, भयरहित वातावरणमा पठनपाठनलगायतका क्षेत्रमा सुधार हुने बताइन्।  

संस्थाले विभिन्न निकायसँग साझेदारी गर्दै जनमैत्री कार्यक्रममार्फत ग्रामीण क्षेत्रमा भूकम्प सुरक्षित, बालमैत्री, अपागंतामैत्री संरचना निर्माण कार्य गरेकोमा संस्थालाई बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले धन्यवाद दिए। उनले विद्यालय भवनको दिगो सुरक्षाका लागि शिक्षक, अभिभावक, विद्यार्थी सबैले ध्यान दिनुपर्ने बताए। 

विद्यालयमा मर्मत कोषको समेत व्यवस्था गरिदिन दातृ निकायलाई प्रजिअ बास्तोलाले अनुरोध गरे। नवनिर्मित संरचनाले बालबालिकाको सिकाइमा प्रत्यक्ष लाभ पुग्ने उनको भनाइ छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुकै थारु र प्रधानाध्यापक पौडेलले हस्तान्तरण पत्र बुझ्दै विद्यालय भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने बारबर्दिया नगरपालिका, प्लान इन्टरनेशनल नेपाल, सामाजिक सचेतन सरोकार मञ्च (स्याक) नेपाल बाँकेलाई प्रशंसा-पत्र प्रदान गरेका छन्। 

त्यस्तै परियोजना समयमा सम्पन्न गर्न सहयोगी भूमिका खेलेका परियोजना प्रमख लक्ष्मी प्रसाद शर्मा, रामबहादुर रावल, फोकल व्यक्ति कैलाश मान श्रेष्ठ र प्लान इन्टरनेशनल नेपालका इन्जिनियर राजु खत्री र निर्माण कम्पनीलाई सम्मान-पत्र प्रदान गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.