प्रेममा फसाएर बेचिन्छन् महिला

प्रेममा फसाएर बेचिन्छन् महिला

गुलरिया : सीमा पार जाने युवायुवतीहरू विभिन्न नाता लगाएर ढाकछोप गर्ने गर्छन्। विशेषगरी टिन एजका युवायुवतीहरू विभिन्न बहानामा सीमापार जाने गरेका छन्। कतिपय जिल्ला बाहिरका महिलाहरू पनि सीमा पारी बजार जाने बहानामा नाका पार गरिरहेका हुन्छन्।

दिनहुँ सयौं युवायुवतीहरू किनमेल गर्न सीमापारीका बजार जाने बहानामा नाका कट्छन्। गहिरो मायाप्रेम, प्रलोभनमा फसाएर दलालहरूले महिलाहरूलाई यसरी नै सीमापार गराउने गरेका भारतको लौकाही बजार नाकामा नेपालतर्फ परामर्श दिन बसेकी सम्झना पौडेलले बताइन्।  
    

बर्दियास्थित भारतसँग जोडिएका सीमा नाकाहरूमा भारततर्फ लाग्ने बजारहरू मानव बेचविखनका दृष्टिकोणले जोखिमपूर्ण बन्दै गएका छन्। बर्दियाको गुलरिया नगरपालिका-११ मा अवस्थित गणेशपुर सीमानाका थप जोखिममा छ। उनले भनिन्- 'शान्ति पुर्नस्थापना गृहमार्फत सीमापार जाने युवा युवतीहरूलाई हामीले परामर्श दिँदै आएका छौं।' 

सीमा क्षेत्रबाट आवागमन गर्नेहरूलाई सोधपुछसँगै उनीहरूको फारम भर्ने गरेको उनले बताइन्। जोखिममा परेका महिलाहरूको उद्धार समेत गरेको उनको भनाइ छ। 'बर्दिया भारतसँग खुला सिमाना जोडिएको जिल्ला भएकाले अवैध गतिविधिहरू बढेको छ। खुला सीमानाकाहरूलाई व्यवस्थित गर्दै समयमै अवैंध गतिविधिहरू रोक्नु आवश्यक छ', उनले भनिन्। 
    
बर्दियाको बढैयाताल गाउँपालिका र गुलरिया नगरपालिकाको सिमानामा परामर्श केन्द्र सञ्चालन गरेको उनले बताइन्।  शान्ति पुर्नस्थापना गृहले मधुवन नगरपालिकामा पनि परामर्श केन्द्र सञ्चालनको तयारी गरेको छ।

बर्दियामा एक वर्षको अवधिमा तीनवटा सूचना केन्द्रबाट २ हजार ४४९ जनालाई परामर्श, ४० जना जोखिममा परेका महिलाको उद्धार गरेको शान्ति पुर्नस्थापना गृहकी कार्यक्रम संयोजक सपना शर्माले बताइन्।

जोखिममा परेका महिलाहरूको बेचविखनको मुद्दा  चलाउँदासम्म गृहले सञ्चालन गरेको सुरक्षित आवासमा राख्ने र लाग्ने खर्च पनि बेहोर्ने गरिएको छ।
    
महिला हिंसा, बलात्कारलगायत यौन दुर्व्यवहारले बेचविखनलाई प्रभावित पार्ने गरेको छ। उनले भनिन्, 'बेरोजगारी, परनिर्भरताका कारण प्रलोभनमा परेका नेपाली महिलाहरूको खुला सिमाना तस्करीको रुट बन्न थालेको हो।'

बर्दियाको सीमासँग जोडिएको भारतको बलैगाउँ, कण्ठपुर, गणेशपुरलगायत बठनिया बजारका सीमा नाका नेपाली महिलाहरूको बेचविखनका दृष्टिले जोखिमपूर्ण बनेको छ। गणेशपुर परामर्श डेस्कले मात्र हालसम्म १ हजार ८५ जना भन्दा बढीलाई परामर्श दिएको छ। 
    
परामर्शसँगै मानव बेचविखन तथा ओसारपसारविरुद्धको फारममार्फत सोधपुछ गरी बेचविखनका बारेमा जानकारी दिने क्रममा गणेशपुर नाकाबाट २० जना जोखिममा परेका महिलाहरूको उद्धार गरिएको काउन्सिलर अञ्जना पाण्डेले बताइन्। 

'लौकाही नाकाबाट १५ जना महिलालाई परिवारको जिम्मा लगाएका छौं। अन्य प्रहरीलाई बुझायौं,' उनले भनिन्। विशेषगरी बाँके, बर्दिया, सुर्खेत, कैलालीलगायतका जिल्लाबाट महिलाहरू भारत जान गणेशपुर नाकाको प्रयोग गर्ने गर्छन्। खुला र सहज नाका अनि सीमापारी नजिकै बजार भएका कारण गणेशपुर नाकाको प्रयोग बढ्दै गएको पाण्डेको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.