स्याङ्जामा बाघ जात्रा

स्याङ्जामा बाघ जात्रा

स्याङ्जा : स्याङ्जामा नेवार समुदायले बाघ जात्रा देखाएका छन्। जनैपूर्णिमाको अघिल्लो दिनदेखि मनाउँदै आएका विभिन्न जात्रामध्ये अन्तिम दिनमा बाघ जात्रा देखाइन्छ। यो प्रायजसो कृष्णा जन्माष्टमीको दिन देखाउने गरिन्छ।

लाखे नाँचबाट सुरु भएको गाईजात्रा, पुतली, रोपाइँ हुँदै बाघ जात्रा गरिएसँगै यसपटकका जात्रा सम्पन्न भएका छन्। तर, कृष्ण जात्रा भने आज देखाइँदैछ। 

बस्तीमा बाघको आक्रमण बढेपछि राजाले वाघ मार्नका लागि आदेश जारी गर्छन। सहरमा पसेको बाघले मान्छेलाई समेत मार्न थालेपछि राजाको आज्ञा अनुरूप शिकारी छाडिएको हुन्छ। 

केही साना शिकारी र ठूलो एउटा शिकारीले बाघको खोजी गर्दै हिँड्छन्। सहरमा बाघको आक्रमण बढेर जनतालाई दुःख दिन थालेकोले राजाले बाघ मार्ने तयारी भएको सूचना जारी गर्छन्। 

बाघ जात्राको दिउँसो सूचना सुनाउँदै केही युवाले आफ्ना किल्ला बाध्दै हिँड्छन। जनतालाई बाघ सहरमा पसेकाले सर्तकता अपनाउन सूचित गराइन्छ। 

रातको समयमा बाघ मार्ने काम हुन्छ। यसरी शिकारीले बाघ मारेर राजा रानीको हातमा सुम्पन्छन। त्यसपछि बाघ जात्रा सकिन्छ। बाघ जात्रा अन्तिम दिन देखाइने जात्रा हो। 

तत्कालीन मल्ल राजाहरूले सुरुवात गरेको गाइजात्रा पर्व स्याङ्जामा पनि विगत २२ वर्षदेखि देखाउँदै आएको नेवाः देय दवुका युगनारायण श्रेष्ठले बताए।

पुतलीबजार नगरपालिकासँगै रहेको स्याङ्जा सदरमुकाममा झिंगु प्रगती नेवा छें र नेवा देय दवुले विगत एक सातादेखि विभिन्न नेवारी सांस्कृतिक पर्वहरू मनाउँदै आएका छन्। 

 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.