पाटनमा भिमसेन जात्रा (फोटो फिचर)
काठमाडौं : ललितपुरको पाटनमा आज भिमसेन जात्रा मनाइएको छ। यो जात्रालाई जनसहभागिताको हिसाबमा ललितपुरको रातो मच्छिन्द्रनाथको जात्रापछिको दोस्रो ठूलो जात्राको रुपमा लिइन्छ।
भिमसेन महाराजको जात्रा मंगलबजारबाट सुरु हुने गर्छ। त्यसपछि हःखा, सौगल, ओकुबहाल, हौगल, तिच्छुगल्ली, पूर्णचण्डी, पिम्बहाल बगलामुखी, कोबहाल, स्वठँ हुँदै मंगलबजार पुगेर समापन हुने गर्छ।
बासनादार धुप बालेर प्रत्येक टोलबासीले विशेष महत्व राखेर भिमसेनलाई स्वागत गर्छन्। यस जात्रालाई नेपाल भाषामा भिंद्यः जात्रा पनि भनिन्छ।
\\