अङ्ग्रेजलाई हराएको सम्झनामा पाल्पामा भगवती जात्रा

अङ्ग्रेजलाई हराएको सम्झनामा पाल्पामा भगवती जात्रा

तानसेन : अङ्ग्रेजलाई हराएको सम्झनामा पाल्पामा भगवती रथयात्रा गरिएको छ। १८७१ पौषदेखि १८७२ जेठसम्म पाल्पा नुवाकोट, बुटवल जितगढीमा भएको युद्धमा नेपालले अंग्रेजलाई पराजित गरेको थियो। 

तत्कालीन पाल्पाका प्रशासक कर्णेल उजीरसिंह थापाको नेतृत्वमा दुई पटकसम्म अङ्ग्रेजसँग भएको युद्धमा नेपालले विजय हासिल गरेको थियो। 

अङ्ग्रेज सेनालाई हराएको सम्झनामा १८७६ सालदेखि पाल्पामा कृष्णा जन्माष्टमीको भोलिपल्ट विजयोत्सव मनाउने गरिएको छ। 

विजयोत्सवको भगवती रथ आज शनिबार दिउँसो पौने १ बजे उठाई तीन पटक मन्दिरको परिक्रमा गराई सेना, प्रहरी र प्रशासकले श्रद्धापूर्वक पूजाआजा गरी तानसेन बजार परिक्रमा गरिएको छ। 

कोभिड-१९ को कारण २ वर्षसम्म रोकिएको विजयोत्सव भगवती जात्रा यसपटक पुनः भगवती रथयात्रा गुठी व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष भीमसेन कार्कीले बताए। 
     
तत्कालीन प्रशासक कर्णेल थापाले बुटवल जितगढी युद्धमा विजयी भएमा तानसेनमा भगवतीको ठुलो मन्दिर बनाई भगवतीको महिमा चारैतिर फैलाउने छु भनी भाकल गरेका थिए। 

दुई पटकसम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा विजयी भएपछि कर्णेल उजिर थापाले १८७२ देखि ७६ सम्म गजुरसहितको तीन तले मन्दिर निर्माण पूरा गरेपछि १९७६ सालदेखि तानसेनमा अङ्ग्रेज सेनालाई जितेको खुसियालीमा  विजयोत्सव मनाउन थालिएको हो। नेपाल-अङ्ग्रेज युद्धमा गएका बेला तत्कालीन पाल्पाका कर्णेल उजीरसिंह थापाले भगवतीको रथयात्रा सुरुवात गरेका हुन् । 

आधुनिक हातहतियारसहितको तालिम प्राप्त अङ्ग्रेज सेनालाई कुटनीतिक तरिकाबाट तत्कालीन नेपाली सेनाले युद्ध जितेको थियो। यो विजयोत्सवलाई राष्ट्रिय पर्वका रूपमा मनाउनुपर्ने पाल्पाका संस्कृतिविद् निर्मल श्रेष्ठले बताए। 

तत्कालीन युद्धमा अङ्ग्रेज सेनाको नेतृत्व जनरल उडले गरेका थिए। पाल्पा नुवाकोट बुटवल जितगढी युद्धमा नेपालसँग हारेपछि सेनाका कमाण्डर जनरल उडलाई अङ्ग्रेज सरकारले कारबाही  गरेको इतिहासमा उल्लेख छ।  

युद्धमा नेपाली सेनाको तर्फबाट लेम्फेटिनेन्ट अम्वर अधिकारी, जमदार भिमसेन देउजा, जमदार सुरविर बोहोरा, हल्दार रणसुर बानिया, सिपाही हंसविर अधिकारी, नकुल बानिया, जुठे बस्नेत लयातका सिपाहीहरुले विरगती प्राप्त गरेका थिए। 

नेपालको राष्ट्रियता स्वाधिनता र सार्वभौमिकतासँग गासिएकोले केन्द्रीय सरकारले राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने पाल्पा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सोम प्रसाद पाण्डेले बताए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.